शुक्रबार, चैत्र १६, २०८०

पहिलो पटक टर्की पालन सुरु

पाल्पा, मंसिर १ । पाल्पाका एक युवाले जिल्लामै पहिलो पटक टर्की जातको चराको व्यावसायिक पालन सुरु गरेका छन् । पाल्पा रुप्सेका ताराप्रसाद पाण्डेले इन्टरनेटमा प्रविधी हेरेर सफलता पाइने विश्वासले यो व्यवसाय सुरु गरेका हुन् । पोखराबाट ५० वटा चल्ला ल्याई टर्की पाल्न सुरु गरेका पाण्डेले ५ लाख रुपैयाँ लगानी गरेको बताएका छन्।

एक बर्षमा १८ किलोसम्म तौल हुने यस चराको मासु प्रतिकिलो १५ सय रुपैयाँसम्म पर्ने उनले बताए । झट्ट हेर्दा कुखुरा जस्तो देखिने यो चरा नेपालका सिमित शहरमा मात्र पाल्ने गरिएको छ ।

यो चराको मासु खास गरी विदेशी पर्यटकले बढी मन पराउने भएकाले पर्यटकीय क्षेत्रमा बढी माग हुने व्यवसायीहरुले बताएका छन् । हाल ५० वटा टर्की पाल्न सुरु गरेका पाण्डेले अर्को बर्षसम्ममा ५ सय वटा पु¥याउने लक्ष्य राखेका छन् ।

टर्कीको मासुमा चिल्लो पदार्थको मात्रा कम हुुने हुँदा उच्च रक्तचाप, मधुमेह, यूरिक एसिड भएका मानिसलाई बढी फाइदा हुने चिकित्सक बताउँछन् ।

प्रकाशित मिति: मङ्लबार, मंसिर १, २०७२