बिहिबार, बैशाख १३, २०८१

धानको मूल्य नतोक्दा कृषक मारमा

बर्दिया,  ३० कार्तिक । सरकारले धानको न्यूनतम मोल नतोक्दा बर्दियाका किसान सस्तोमा धान बिक्री गर्न बाध्य भएका छन् ।

जिल्ला प्रशासन कार्यालयअन्र्तगत रहेको मूल्य निर्धारण समितिले धानको मूल्य नतोक्दा किसान सस्तो मोलमा धान बेच्न बाध्य भएका हुन् ।

समयमा पानी नपर्नु, पर्याप्न मल नपाउनुजस्ता समस्याबीच उत्पादित अनाजले उचित मूल्य नपाउँदा किसान पीडित बनेका छन् । नेपाल खाद्य संस्थान राजापुरले हालसम्म धानको खरिद खुला नगरेको र मूल्य निर्धारण समितिले धानको मूल्य नतोक्दा लगानी समेत नउठ्ने अवस्था आएको हो ।

बजारमा मोटो धानको मूल्य १६ सय रुपैयाँ प्रतिक्वीन्टल र मसिनो धान हालसम्म बजारमा नआएकाले त्यसको कुनै मूल्य नतोकिएको व्यापारीले बताएका छन् ।

प्रकाशित मिति: सोमवार, कार्तिक ३०, २०७२