शुक्रबार, चैत्र १६, २०८०

पाल्पामा धान उत्पादन घट्ने

पाल्पा, कार्तिक ३० । पाल्पामा यस बर्ष धान उत्पादनमा १० देखि १२ प्रतिशतले कमी हुने भएको छ । पर्याप्त बर्षा नहुनु, रासायनिक मलको अभावजस्ता कारणले उत्पादनमा कमी आउने जिल्ला कृषि विकास कार्यालयले जनाएको हो ।

रोपाई गर्ने समयदेखि नै पर्याप्त पानी नपर्दा कतिपय खेतमा रोपाइ नै हुन सकेको थिएन । जिल्ला कृषि विकास कार्यालयलेउत्पादन बढाउन उन्नत तथा हाइब्रिड जातको बीउ कृषकलाई अनुदानमा उपलब्ध गराए पनि फल भने राम्रो लागेको छैन ।

जिल्लाको अधिकांश क्षेत्र सिंचाइका लागि आकाशे पानीमा भर पर्नुपर्ने अवस्थामा छन् । धान उत्पादनका लागि रामपुर, माडी, अर्गली, कचल फाँट राम्रो भए पनि सिंचाइ नहुँदा अघिल्लो बर्षको तुलनामा यस बर्षको ३ हजार ५ सय मेट्रिक टन धान कम फल्ने कृषि विकास कार्यालयको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक ३०, २०७२