बिहिबार, बैशाख १३, २०८१

कम्बोडियाका कृषि विज्ञहरु नेपालमा

compodiya

काठमाडौं, कार्तिक । कृषि विकास मन्त्रालय मातहतमा सञ्चालनमा रहेको उच्च मूल्य कृषि बस्तु विकास आयोजनाले नेपालको कृषि क्षेत्रको व्यवसायिकरण, मूल्यश्रृखला पद्दतीबारे जानकारी लिने उदेश्यले कम्बोडिया कृषि विकास मन्त्रालयका कृषि विज्ञ सहितको टोली नेपाल आएका छन् । नेपालको कृषि अध्ययन भ्रमणका क्रममा कम्बोडियाली टोलीले उच्च मूल्य कृषि बस्तु विकास आयोजनाको सिकाई आदान प्रदान गरी आयोजना कसरी लागू गर्न सकिन्छ भन्ने कुराको अध्ययन गर्ने बताइएको छ ।
चौध जनाको टोलीमा कम्बोडिया कृषि विकास मन्त्रालय, महिला विकास मन्त्रालय र एसएनभिका प्रतिनिधि रहेको बताइएको छ । कम्बोडियाली कृषि विज्ञ सहितको टोलीले आज कृषि विकास मन्त्रालयका सचिव उत्तम कुमार भट्टराई तथा सहसचिवहरुसँग भेटघाट गरी नेपालको कृषि क्षेत्रको व्यवसायीकरणका बारेमा जानकारी लिएका थिए ।
सो छलफलमा कृषि विकास मन्त्रालयका सचिव भट्टराईले उच्च मूल्य कृषि बस्तु विकास आयोजना सञ्चालन भए पश्चात नेपाली कृषि क्षेत्रमा परिवर्तनहरु हुंदै गएको प्रष्ट पारेका थिए । साथै सचिव भट्टराईले भ्रमण टोलीलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।

प्रकाशित मिति: सोमवार, कार्तिक ३०, २०७२