शुक्रबार, चैत्र १६, २०८०

सप्तरीका केरा किसान मारमा

सप्तरी, २७ कात्तिक । भारतले लगाएको नाकावन्दी र तराई मधेसमा तीन महिनादेखि निरन्तर चलिरहेको बन्दका कारण सप्तरीको भारदह क्षेत्रका केरा कृषक आर्थिक मारमा परेका छन् । तीन महिनादेखि यातायात साधन नहुँदा जिल्ला बाहिरका बजारमा बिक्रीका लागि केरा पठाउन नपाउँदा किसानहरुले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको छ ।
भारदह गाविस– १ स्थित कोसी छेउको पलारमा करिब दुई हजार बिगाहामा लगाइएको केरा काट्ने समयमा बिक्री वितरण नहुँदा पूर्वपश्चिम राजमार्ग क्षेत्रअन्तर्गत सडकमै कम भाउमा बिक्री गर्नुपर्ने बाध्यता रहेको केरा व्यवसायीले बताउँदै आएका छन् ।
उनीहरूले कोसी पलारमा लगाइएको केरा बगानबाट घोरमै पाकेको केरा ल्याई पूर्वपश्चिम राजमार्ग छेउमा राखेर कौडीको भाउमा खुद्रा बिक्री गर्ने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २७, २०७२