बिहिबार, बैशाख १३, २०८१

भाइटीकासम्म पनि फूल विक्री भएन

बुटवल, कार्तिक २७ । देशका विभिन्न क्षेत्रमा तिहारमा स्थानीय फूलले बजार ओगटिरहेका बेला बुटवलमा भने त्यहाँ उत्पादित फूलले बजार पाउन नसक्दा व्यवसायीमा चिन्ता छाएको छ ।

लक्ष्मी पूजाको दिन सबैभन्दा बढी बिक्ने फूल यस बर्ष भाइटीकासम्म पनि नबिक्दा फूल ब्यवसायी चिन्तित बनेको हुन् । भारतीय फूलका कारण नेपाली फूलले बजार नपाएकोब्यवसायीको गुनासो छ ।

इन्धन लगायतका अत्यावश्यकीय सामग्रीमा नाकाबन्दी गरेको भारतले फूल बोकेका ट्रकलाई भने बेलहिया नाकाबाट प्रवेश दिएका छन् । जसका कारण नेपाली फूलले पश्चिम तराईमा बजार पाउन नसकेको हो ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २७, २०७२