बिहिबार, बैशाख १३, २०८१

रसायनिक मल नआउँदा प्राङ्गारिक मल

कञ्चनपुर, कार्तिक २७ । भारतको अघोषित नाकाबन्दीका कारण खेतबारीमा प्रयोग गरिने आवश्यकीय मल, औषधिलगायत वस्तुको अभाव भएपछि कञ्चनपुरका किसान चिन्तित भएका छन् ।

केही किसान भने घरमै उत्पादन गरिएको प्राङ्गारिक मल प्रयोग गरेर हिउँदे बाली लगाउने तयारीमा छन् । नाकावन्दीका कारण भारतबाट आउने मलको अभाव भएपछि किसानहरुप्राङ्गारिक मल प्रति आकर्षित भएका हुन् ।

घरमै उत्पादन भएको गोठेमल तथा प्राङ्गारिक मलको प्रयोग गर्दा माटो खुकुलो र खेती राम्रो हुनुको साथै बालीमा रोग नलाग्ने र स्वास्थ्य समेत राम्रो हुने कृषक धनबहादुर महरा बताउँछन ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २७, २०७२