बिहिबार, चैत्र १५, २०८०

धनकुटाका बेसीमा धान पाक्यो

धनकुटा,  २६ कार्तिक । धनकुटाका बेसी तथा फांटका यतिबेला कृषक धान भित्राउन लागि परेका छन् । बर्खामा पानी तथा कामदार अभावका कारण पर्याप्त धान रोप्न नपाएका धनकुटेली रोपिएको धानमा पनि बिभिन्न रोग तथा किराको प्रकोप बढेपछि मारमा परेका हुन् । तर बर्खामा पानी तथा कामदार अभावका कारण चाहे जति धान रोप्न नपाएका धनकुटाका कृषक उत्पादन लिने वेलामा समेत बिभिन्न रोग किराको प्रकोप बढेपछि तथा उत्पादीत धान भित्राउन कामदार नपाएपछि चिन्तित बनेका छन् ।

धनकुटामा अघिल्ला बर्षमा ११ हजार हेक्टर क्षेत्रफलमा धान खेति हुंदै आएकोमा यो बर्ष भने पानी तथा कामदार अभावका कारण आठ हजार पाँच सय हेक्टर क्षेत्रफलको हाराहारीमा मात्र रोपाई भएको थियो । रोपाई गरिएको धानमा पनि डढुवा, डाँठ कुहिने, कालोपोके लगायत रोगको समस्या देखिए पछि कृषकको चिन्ता चुलिएको हो ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २६, २०७२