शनिबार, बैशाख ८, २०८१

यस पटकको तिहार फूल र मालाको माग धान्नै गाह्रो

चितवन, कात्तिक । भारतको अघोषित नाकावन्दीका कारण भारतबाट आयात हुने गरेको फूल तथा मालाहरु यसपटक आयात नभएपछि फूल तथा मालाको भाउ ह्वात्तै बढेको छ । चितवनमा यसवर्ष फूल र मालाको माग धान्नै गाह्रो भएको माला व्यापारीहरु बताउँछन् । चितवनको नारायणघाटमा विगत १० वर्षदेखि मालाको व्यापार गर्दै आएकी जालमायाँ तामाङ माला नआएपछि किलोमा फूल किनेर उनिरहनुभएको बताउँछिन् । थोरै माला आएपछि माग धान्न नसक्ने भएकाले फूल किनेर माला उनिरहेको उनले बताईन् ।

/fhwfgLsf] sfnLdf6L l:yt ;okqL km"nsf]df Jofkf/ ub}{ k'ik Jofkf/L km"nsf] d'No cfsf;LP kl5 jhf/df ljlqm sdePsf] 5 . tl:a/ M k|bLk/fh jGt,/f;;

भारतीय माला नआएपछि फूल किनेर माला बनाएर बिक्री गर्नु परेको उनको भनाई छ । तामाङले जस्तै अन्य व्यापारीले पनि फूल किनेर माला उनिरहनुभएको छ । प्र्रतिकिलो रु ८० मा फूल किनेका उनीहरू रु १०० देखि रु १२० सम्ममा बिक्री गरिरहेका छन् ।
अहिले सयपत्री फूलको मालाको मूल्य रु १५० सम्म पर्ने गरेको छ । मखमली माला रु ८० देखि रु १०० सम्ममा बिक्री हुन्छ ।
गत वर्ष माला रु ६० देखि १०० सम्ममा बिक्री भएको थियो । अहिले रु १५० सम्म पर्ने गरेको छ । जिल्लाको नारायणगढस्थित तरकारी मण्डीमा मालाको बढी कारोवार हुने गर्छ । मालाको मूल्यमा एकरुपता नभएको सर्वसाधारणको गुनासो रहेको छ ।
एउटै फूलको मालाको मूल्य पसलैपिच्छे फरक फरक रहेको छ । जसका कारण उपभोक्ता मारमा परेका छन् । व्यापारीका अनुशार तरकारी बजारमा मात्रै तिहारमा रु ६० लाख बढीको मालाको कारोबार हुन्छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक २६, २०७२