बिहिबार, चैत्र १५, २०८०

रासायनिक मलको अभाव बढ्दै

विराटनगर, २४ कात्तिक । भारतको अघोषित नाकाबन्दीका कारण तेस्रो मुलुकबाट आयातित रासायनिक मल भारतमै थन्किएकाले मलको अभाव भएको हो । किसानले धान भित्र्यापछि आलु, गहुँका साथै अन्य खेतीका लागि पर्याप्त मात्रामा रासायनिक मलको माग गर्न थालेका छन् । यस वर्ष समयमा पर्याप्त वर्षा नभएका कारण धानको उत्पादन घटेपछि किसान खाद्यान्नका रुपमा गहुँखेतीतर्फ बढी आकर्षित भएका छन् । रासायनिक मलको अभावमा गहुँको उत्पादन घट्ने भएपछि कृषक थप चिन्तामा छन् ।
रासायनिक मलको आपूर्ति र बिक्री वितरण कृषि सामग्री कम्पनी र साल्ट टे«डिङ लिमिटेडले गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक २४, २०७२