आइतवार, मंसिर २४, २०८०

अक्सफामलाई कार्वाहीको माग गदैै किसान

काठमाडौं । माना रोपेर मुरी फलाउनका लागि दिनरात, आंधीहुरी केही नभनी खेतीमा होमिएका किसानहरुलाई २०७२ बैशाख १२ गते आएको विनासकारी महाभूकम्पले दिएको पीडामा माथि नेपालमा काम गरिरहेको गैरसरकारी संस्थाहरुले झन पीडा थप्ने काम गरेका छन् । भूकम्प पश्चात किसानहरुसंग धान रोप्नका लागि बीउको अभाव देखिएपछि कृषि विकास मन्त्रालयले अनुदानमा राहत स्वरुप बीउ धानको बीउ बांड्ने निर्णय गरे पश्चात धेरै गैरसरकारी संस्थाहरुले धानको बीउ वितरण गरे । कृषि विकास मन्त्रालयले धानको बीउ वितरण गर्दा मन्त्रालयसंग समन्वय नगरी धानको बीउ वितरण नगर्न आग्रह गर्दा समेत अटेर गरी धेरैले संस्थाहरुले बीउ वितरण गरेका थिए । मन्त्रालयको आग्रहलाई लत्याउंदै नेपालमा लामो समयदेखि काम गर्दै आईरहेको अक्सफाम नेपाल नामक गैर सरकारी संस्थाले अनुदानका नाममा मन्त्रालयसंग समन्वय नै नगरी अन्धधुन्धसंग धानको बीउ वितरण गरेका कारण अहिले किसानहरु मारमा परेका छन् । Oxfam-logo-600x0
अक्सफाम नेपालले उपलब्ध गराएको गुणस्तरहीन धानको बीउका कारण यतिखेर धादिङ जिल्लाका ३० हजार रोपनी भन्दा बढी खेतमा लगाइएको धानमा दाना नलागेपछि किसानहरुको मेहनत सवै बालुवामा पानी बराबर भएको छ । गत हप्ता कृषि साप्ताहिकले उक्त समाचार प्रकाशित गरेको विषयमा अक्सफाम नेपालमा छलफल भएपनि समाचार प्रकाशनले कुनै असर नराख्ने भन्दै धानको बीउ वितरण कै समयमा समेत मन्त्रालयले केही गर्न नसकेकोले अहिले पनि कुनै असर नपर्ने बताउन थालेका छन् । अक्सफामले धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर लगायतका जिल्लामा धानको बीउ मन्त्रालयले जानकारी नै नगराई उपलब्ध गराएको थियो । त्यसबेला राहतका नाममा वितरण गरिएको गुणस्तरहीन धानको बीउको प्रभाव यतिखेर धादिङमा देखिएको छ भने अन्य जिल्लामा पनि समस्या आउन थालेको किसानहरुले बताएका छन् । यद्यपी अहिले अक्सफामले अनुदानमा दिएको बीउ रोपेका भूकम्प पीडित किसानहरुको खेतमा धानमा बाला लागेको छैन । किसानहरु भन्छन् मिलेका धान बा“डेर कसरी बाला लागोस् । हुन पनि बेनीघाट, कुम्पुर, गजुरी, धुसा र मध्य धादिङका त्रिपुरेस्वर र सत्यदेवी गाविसमा रोपिएका धान भित्र्याउने बेलासम्म पनि बाला लाग्न सकेको छैन । आफूहरुले लगाएको धान विग्रिन थालेपछि किसानहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला कृषि विकास कार्यालय र कृषि विकास मन्त्रालयमा समेत उजुरी दिइसकेको भएपनि अहिलेसम्म कुनै कार्वाही प्रक्रिया अगाडि बढाइएको छैन । भूकम्प पीडित किसानलाई राहतका नाममा आहत पु¥याउने किसिमले धानको बीउका नाममा मिलको चामल कुट्न तयार गरिएको धान वितरण गर्ने अक्सफामलाई कृषि विकास मन्त्रालयले कस्तो कार्वाही गर्ने हो त्यो भने हेर्न वांकी नै छ । बीउ
जस्तो संवेदनशील कुरामा समेत ध्यान नदिई कृषि विकास मन्त्रालयको निर्देशनको अवज्ञा गर्ने सो गैरसरकारी संस्थाले उपलब्ध गराएको बीउका कारण धान नफलेपछि छ महिनासम्म किसानहरुले गरेको मेहनतको क्षतिपूर्ति समेत सोही संस्थाबाट उपलब्ध गराउनु पर्ने किसानहरुको माग रहेको छ । भर्खरै मात्र पदबहाली गरेका कृषि विकास मन्त्री हरिबोल प्रसाद गजुरेल यतिखेर किसानका पक्षमा देखिन्छन् कि अक्सफाम जस्ता किसानहरुलाई आहत दिने संस्थाको पक्षमा देखिन्छन् भन्ने कुरा भविष्यले नै देखाउने छ । अक्सफाम मात्र होइन किसानलाई राहतका नाममा गुणस्तरहीन बीउ बांडेर किसानको मेहनत र परिश्रममाथि खेलबाड गर्ने एफएओ लगायतका गैरसरकारी संस्थाहरुलाई पनि कार्वाही गरिनु पर्ने माग किसानहरुको रहेको छ । कृषि विकासका नाममा मन्त्रालयसंग समेत समन्वय नगरी काम गरिरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुलाई समेत मन्त्रालयले आफ्नो मातहतमा मात्र काम गर्न पाउने गरी नियम बनाउनु आवश्यक पनि देखिन्छ । साथै विनासकारी भूकम्पको मौकामा फाइदा उठाउंदै कृषिका गुणस्तरही बीउ वितरण गरेका संस्थाहरुको यथार्थहरुको कार्वाही गर्दै सत्यतथ्य बाहिर ल्याउनु जरुरी रहेको कृषि क्षेत्रमा काम गरिरहेका कृषि विज्ञहरुको भनाई रहेको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक २२, २०७२