शुक्रबार, चैत्र १६, २०८०

नमूना एकीकृत कृषि फार्ममा आगलागी लाखौंको क्षति

aglagi

काठमाडों । विदेशमा पसिना बगाएर कमाएको कमाईले आफ्नै मुलुकमा कृषि उत्पादन गरौं भन्ने सोचले कृषि कर्ममा लागेका लोकराज भण्डारी यतिखेर पुपुरोमा हात लगाएर बसेका छन् । सल्यान जिल्लाको छांया क्षेत्र गाविस वडा नं. ९ गाविसमा नमूना एकीकृत कृषि फार्म सञ्चालन गरी नेपालमा नै केही गरौ भन्ने सोचका साथ आफू सरहका युवाहरुलाई कृषि कर्ममा प्रोत्साहन समेत गर्दै आईरहेका भण्डारीको फार्ममा भीषण आगलागी हुंदा करीव १० लाख बराबरको क्षति भएको इलाका प्रहरी लुहाम सल्यानले जनाएको छ ।
विगत ३ बर्षदेखि नमूना एकीकृत कृषि फार्मले तरकारी खेती, गाईपालन, बंगुर पालन, माछा पालन, कुखुरा पालन गर्दै आईरहेको थियो । १ हजार ५ सय कुखुरा र त्यसका लागि आवश्यक दाना र दुईवटा भवन पूर्ण रुपमा क्षति भएको थियो । फार्मको लागि जडान गरिगरिएको सोलार समेत पूर्ण रुपमा क्षति भएको थियो ।
आगलागी पश्चात सो फार्ममा पुगेका टोली, स्थानीय बासीहरुले आगो नियन्त्रणमा लिन खोजेको भएपनि आगलागी नियन्त्रणमा आउन सकेको थिएन । सो आगलागीबाट कुखुरा पालन गरिएको दुईवट भवन पूर्ण रुपमा ध्यस्त भएको छ । भने अन्य भवनलाई भने आगोबाट जोगाउन सफल भएको फार्म सञ्चालक लोकराज भण्डारीले कृषिलाई बताए । भण्डारीका अनुसार फार्ममा ग्यास लिकेज भएका कारण आगो लागेको थियो । फार्ममा भएको क्षतिका कारण भण्डारी फेरि फार्म सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
आगलागीबाट कृषि फार्ममा ठूलो नोक्सानी भएकोले जिल्ला दैवी प्रकोप उद्धार समितिबाट राहतको आशा भने भण्डारीले गरेका छन् । उनले जिल्ला कृषि कार्यालय र मन्त्रालयबाट समेत सहयोगको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कार्तिक २१, २०७२