शनिबार, बैशाख ८, २०८१

उखुको सट्टा तरकारी खेती

कावासोती, १९ कात्तिक । उखुको समयमा भुक्तानी नहुने समस्या झेल्दै आएका नवलरासीका उखु किसान विकल्पमा तरकारी खेती गर्न थालेका छन् । उद्योग र सरकारले किसानलाई मल बीउ र प्रविधि उपलब्ध गराउनुको सट्टा उल्टै किसानको उत्पादनको मूल्यसमेत नदिँदा विकल्प खोज्नुपर्ने अवस्था आएको किसानको भनाइ छ । चिनी उद्योगलाई बिनापैसा याममा उखु दिए पनि मूल्य तोकिएर पैसा नपाउँदा किसानलाई उखु खेतीप्रति नै वितृष्ण जागेको हो ।
सरकारले चिनी भारतबाट ल्याउने तर किसानलाई प्रोत्साहन गर्ने काम नगर्दा यसले अर्थतन्त्रलाई समेत असर पु¥याएको छ । जिल्लामा गएको वर्षभन्दा यस वर्ष करिब ६००  हेक्टरमा उखु खेती घटेको छ । गएको वर्ष सात हजार ५३८ हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको थियो । प्रत्येक वर्ष उखुको मूल्य घट्दै जानु र तोकिएको मूल्य पनि समयमै नपाउनु उखुखेती घट्नुको प्रमुख कारण  रहेको छ । जिल्लाका धेरैजसो किसान उखु खेती छाडेर धान, मकैजस्ता अन्न बाली र व्यावसायिक तरकारी खेतीमा लाग्न थालेका छन् ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १९, २०७२