बिहिबार, चैत्र १५, २०८०

मखमली माला बिक्री नभएपछि चिन्तामा

भक्तपुर, १८ कात्तिक । तिहारको लागि अत्यावश्यक पर्ने मखमली पूmल बिक्री नभएपछि यसवर्ष किसानले लगाएको लाखौँ रुपैयाँको मखमली पूmल खेर जाने भएको छ ।
इन्धन अभाव भएपछि किसानले बजारसम्म मखमली पूmल र माला लैजान नसकेका हुन् । बिगतमा जस्तो यसवर्ष घरघरमा व्यापारीसमेत नआएपछि किसानले उत्पादन गरेर बिक्रीका लागि तयार बनाएको मखमली पूmल र माला खेर जाने भएको हो ।
गतवर्ष तिहारको एक महिना अघि नै मखमली पूmल र यसको माला लिन घरघर मै व्यापारी आएका थिए । यसवर्ष इन्धन अभाव भएको भन्दै व्यापारी नआएपछि फूल एवम् माला बिक्री गर्न नपाएको नगरकोट नगरपालिका ताथलीका किसानहरु बताउछन् ।
पख्र्यौली पेशाका रुपमा वर्षौं अघिदेखि पूmल खेती गर्दै आएका भक्तपुर ताथली बनमाला टोलका ईन्द्रले व्यापारी नआएपछि आफैँ काठमाडाँैसम्म पुगेर पूmल बिक्री गर्न पनि गाउँमा यातायातका साधन सहजरुपमा नपाउने भएपछि समस्या भएको बताए ।
भक्तपुरको सुडाल, गुण्डु, बालकोट, ताथली, नंखेल, दुवाकोट, झौखेललगायतका क्षेत्रका किसानले व्यवसायीकरुपमा पूmल खेतीबाट पर्याप्त आम्दानी गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, कार्तिक १८, २०७२