शनिबार, बैशाख ८, २०८१

नाकाबन्दीमा प्रमुख व्यापारिक नाकाहरुबाट खसीबोका, आलु–प्याज आयो !

naka-final-fial1काठमाडौं, कार्तिक १८ । भारतको नाकाबन्दीका कारण प्रमुख व्यापारिक नाकाहरुबाट बुधबार पनि आयात पूर्णरुपमा प्रभावित भएको छ । बुधबार धनगढी–गौरीफन्टा नाकाबाट पेट्रोलियम पदार्थ बोकेका ४ ट्यांकर गाडी मात्र नेपाल भित्रिए । योबाहेक अन्य व्यापारिक नाकाहरुबाट इन्धन बोकेका कुनै पनि ट्यांकरले प्रवेश पाएनन् ।
नेपालगन्ज–रुपैडिहा नाका,भैरहवा–सुनौली नाका, पूर्वको काँकडभिट्टा–पानीट्यांकी नाकाबाट केही मालबाहक गाडी मात्रै आएका छन् ।  नेपाल भित्रनेमा खसीबोका, आलु–प्याज, कच्चा–पदार्थ र तरकारी बोकेका गाडी रहेका छन् ।
उता, विराटनगर–जोगबनी नाका भने भारत–बिहारको निर्वाचनको बहानामा सोमबारबाटै बन्द गरिएको छ । भारतले ७२ घन्टाका लागि यो नाका बन्द गरेको हो । यो नाका शुक्रबार बिहानबाट मात्र खुल्ने छ ।
सवारी–साधन आवतजावतमा रोक लगाइएको यस नाकामा पैदलयात्रुलाई भने रोकिएको छैन ।
देशको प्रमुख व्यापारिक नाका वीरगन्ज–रक्सौल भने पूर्णरुपमा ठप्प छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक १८, २०७२