शुक्रबार, बैशाख ७, २०८१

काभ्रेका किसान इन्धन खोज्दै

काभ्रे, १७ कात्तिक । इन्धनको चरम अभावले काभ्रेपलाञ्चोकका कृषकलाई हिउँदे बाली लगाउन अप्ठेरो परेको छ ।
धान बाली भित्र्याएर हिउँदे बाली लगाउने तयारीमा रहेका कृषकले इन्धन अभावका कारण हाते ट्र्याक्टर सञ्चालन गर्न पाएका छैनन् । उनीहरू जिल्ला कृषि विकास कार्यालय, धुलिखेलमा इन्धनको विकल्प  खोज्न पुगेका छन् ।
धान काटेपछि हिउँदे बालीको रुपमा गहुँ, जौँ, आलुलगायतका बाली कृषकले लगाउने तयारी गरीरहेका छन् ।  तर इन्धन अभाव भएपछि बाली लगाउन नपाउने उनीहरूलाई चिन्ता छ ।
जिल्लाको महादेवस्थान, पाँचखाल, भकुण्डे, उग्रचण्डीनालालगायतका क्षेत्रमा गत बर्ष मात्रै कृषिमा आधुनिकिकरणका लागि भन्दै कृषि कार्यालयले एक हजार हाते ट्र्याक्टर वितरण गरेको थियो । त्यसको वितरणसँगै उनीहरूले खेतीपातिमा प्रविधिको प्रयोग गर्न थालेका थिए ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १७, २०७२