म्याग्दी, १६ कात्तिक । म्याग्दीका किसान जैविक मलतर्फ आकर्षित हुन थालेका छन् । जङ्गलमा झरेका पातलाई कुहाएर मल बनाई खेतबारीमा प्रयोग गर्नाले उत्पादन बढ्ने भएकाले किसान जैविक मलतर्फ आकर्षित हुन थालेका हुन् । खेतीपाती गर्ने समयमा मल नपाइने र वर्षैपिच्छे रासायनिक मलमा हुने मूल्यवृद्धिका कारण किसान मर्कामा पर्दै आएका छन् ।
जैविक मलको प्रयोगले माटोको गुणस्तरमा सुधार भई उत्पादनमा वृद्धि गर्न सकिने भएकाले यो मल प्रभावकारी हुँदै गएको छ ।
लामो समयदेखि रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्ति नाश भई उत्पादन घट्दै जाने भएकाले रासायनिक मलको सट्टा जैविक मल प्रयोग गर्न र उत्पादन बढाउन स्थानीयबासी टीकाबहादुर कार्कीले कृषकलाई सुझाव छ । गाईवस्तुको गोबरमा जङ्गलमा खेर गइरहेका स्याउलाका पातलाई मिलाएर बनाएको मल खेतबारीका लागि निकै उपयोगी र प्रभावकारी हुन्छ ।
Add Comment