बिहिबार, बैशाख १३, २०८१

उदयपुरमा धान भित्र्याउने चटारो रोगका कारण उत्पादन घट्ने

उदयपुर, कात्तिक  । अगौटे धानहरु पाकिसकेकाले कृषलाई भित्र्याउने चटारो परिसकेको छ । कात्तिक सुरुवातसँगै पाक्न थालेको धान भित्र्याउन जिल्लाका अधिकतर क्षत्रका किसानहरुलाई वर्षा हुने डरले हतारो परेको हो । जिल्लाको प्रमुख बालिको रुपमा रहेको धान असोज अन्तिमदेखि नै दसैं मनाउन थाल्दा ढिला भएको हो । दशैँ सकिएलगत्तै भने धान काट्न, छिट्न र भित्र्याउन किसानहरुलाई भ्याई नभ्याई भएको छ । यो वर्ष मनसुन छिट्टै सकिएकाले कृषकका खेतमा धान चाँडो पाक्न थालेको हो । धान पाकिसके पनि दसैंले अल्मल्याएको तथा तिहार र छठ पर्व पनि नजिकिएका कारण खुलेर धान काट्न नभ्याउदा मौसमी विपत्तीको डरमा कृषकहरु छन् । असिना, पानी पर्ने बेला भएकाले त्यसबाट बालि जोगाउन पनि कृषकहरु हतारोमा परेको कटारी नगरपालिका ५ कृषक राजेश्वर चौधरीले बताए  । चौधरीले मौसमी बिपत्तीबाट बचाउन छिमेकीसँगग पर्म माग्दै विहानदेखि बेलुकीसम्म खेतमा धान काट्न गरेको बताए । दसैं सकिएलगत्तैदेखि खेतको काममा व्यस्त बनेका उनी पाँचदिनअघि परेको पानीले धान नष्ट भएको गुनासो गरे । फाँटमा फहेलपुर पाकेको धान असिना पानीबाट निकै क्षति पु¥याएको उनले बताए । अर्का त्रियुगा नगरपालिका १६ का किसान होमकुमारी कार्कीले सुरक्षित भित्र्याउन भ्याई नभ्याई भएको बताए । ‘छ महिना लामो स्याहारपछि फलेको धान अहिले भित्र्याउन सकिएन भने के खानु ?’ खेतमै काम गर्दै भेटिएका कार्कीले भनिन ‘जागीर भने पनि पेन्सन भने पनि यही हो त्यसैले सुरक्षित गर्न चटारो परेको हो ।’ उदयपुरमा यो वर्ष धानको उत्पादन सन्तोषजनक रहेको जिल्ला कृषि विकास कार्यालय उदयपुरले जनाएको छ ।

paddy
वर्षे र हिउदे धान गरी १४ हजार सातसय ५६ हेक्टरमा लगाइदै आइएको उदयपुरमा गत आर्थिक वर्ष ५८ हजार नौ सय ९८ दशमलव पाँच मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष कतिपय ठाउँमा अज्ञात रोगले भेटेका कारण उत्पादन घट्ने अनुमान किसानले सुनाएको भए पनि यकिन विवरण अहिले नै भन्न नसकिने कृषि कार्यालयका बालि विकास अधिकृत रामसेवक ठाकुर बताउँछन् ।
कृषि विकास कार्यालयले उदयपुरमा चैते, आशु, भाले मन्सुली, पोथि मन्सुली, सावित्री, रारावारालगायत प्रजातिका धानको खेती हुने गरेको छ । यो वर्ष भने हर्दिनाथ–१ र तरहरा–१ जातको धानको विउ पनि लगाइएको जिल्ला कृषि विकास कार्यलय उदयपुरलेज्ञ जनाएको छ ।
गएको वर्षको तुलनामा यस आर्थिक वर्ष उदयपुरमा धान उत्पादन घट्ने सम्भावना देखिएको छ । धानको बाला आउने समयमा धानमा अचानक देखा परेका विभिन्न रोगका कारण उत्पादन गएका वर्षमा भन्दा न्युन हुने भएको हो ।
भदौ अन्तिमदेखि असोज पहिलो पहिलोसातासम्ममा पसाईसकेको धान पसाउन नभ्याउदै फोस्रो बाला देखिने रोगले गर्दा धान फल्न प्रभावित भएको किसानहरु बताउँछन् । रोपाई सरेपछि खासगरी पसाउने बेलासम्ममा आवश्यक पर्ने पर्याप्त पानी अभावका कारण यो रोग लागेको लागेको अगुवा कृषकहरुको भनाई छ ।
कटारी नगरपाालिकाका कृषक ज्ञानबहादुर कटुवालले पर्याप्त पानी लगाउन नपाउँदा धानमा विभिन्न रोगहरु देखापरेको बताए । कटुवालका अनुसार रोपाईको महिनादिनभित्र मल हालेपछि प्रसस्त पानी लगाउन नपाँउदा धानको बाला आउने वेलामा धान फस्टाउन नसकेकाले उत्पादन घट्ने पक्क भएको छ । कटारी क्षेत्रमा मल हाल्ने बेला वर्षा नभएको र सिंचाई सुविधा नभएको खेतको धान पसाउन नपाउँदै रोगको संक्रमणमा परेको छ । – बिदुर कटुवाल बैरागी

प्रकाशित मिति: सोमवार, कार्तिक १६, २०७२