बिहिबार, बैशाख १३, २०८१

उखु खेतीतर्फ किसान आकर्षित

महोत्तरी, १६ कात्तिक । कात्तिकमा रोपिने उखु बालीसँगै तेलहन, दलहन र तरकारीसमेत लगाउन सकिने भएपछि महोत्तरीका किसान कात्तिके उखु खेतीतर्फ आकर्षित हुन थालेका छन् ।
कात्तिकमा उखु टे«न्च विधि (दुई हातको फरकमा उखुको गिँड राखेर दुई हातकै फरकमा रोपिने विधि) बाट रोपिने भएकाले अन्यबाली समेत यसमा लगाउन सकिन्छ । अहिले उखुसँगै दलहन, तेलहन र तरकारी लगाएर तीन महिनामै दोस्रो बालीको उत्पादन लिन पाउने भएपछि आपूmहरू कात्तिके उखुखेती गर्न उत्साहित भएको किसानहरुको भनाई छ ।
उखु एक वर्षमा तयार हुने र तीन महिनाभित्रै उत्पादन लिन सकिने र अर्को बाली लगाउँदा दोस्रो बालीले नै दुवै बालीको लागत उठाउन सकिने किसानको बुझाइ छ । उखुभित्र लगाइने तेलहन र दलहन बालीको जराको गिर्खा र गाँठामा उखुबाली फस्टाउने नाइट्रोजन तत्व हुन्छ ।
अहिले रोपिने उखुभित्र दलहनमध्येका मुसुरो, चना र केराउ, तेलहनमा तोरी र आलस एवम् तरकारीमा आलु र मुलाको राम्रो उत्पादन लिन सकिने उखुविज्ञको भनाइ छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक १६, २०७२