शनिबार, बैशाख ८, २०८१

पाँचथरमा अदुवा उत्पादनमा कमी

पाँचथर, १५ कात्तिक । विगतका बर्षहरुमा भन्दा यस बर्ष गरिएको अदुवा खेतीमा उत्पादन कम भएपछि अदुवा खेतीमा संलग्न किसानहरु निराश बनेका छन् । पाँचथर जिल्लाको दक्षिणी क्षेत्रका गाविसका किसानहरुले अदुवा खेती गरिरहेका छन् । जिल्लाको सराङडाँडा, माङजाबुङ, मौवालगायतका गाविसका स्थानीवासीले गरेको अदुवा खेतीबाट गत बर्षभन्दा कम उत्पादन भएपछि किसानहरु निराश बनेका हुन् ।
यसवर्ष असोजमा बढी पानी परेर अदुवा पहँेलिएर अदुवा बिग्रिदै गएको र कुहिन थालेकाले किसानहरु अझ मर्कामा परेका छन् ।

प्रकाशित मिति: आइतवार, कार्तिक १५, २०७२