शुक्रबार, चैत्र १६, २०८०

बङ्गुरपालन व्यवसायी चिन्तित

दाङ, १५ कात्तिक । जिल्लाका बङ्गुरपालन व्यवसायीले थुप्रै चुनौती मोलेर बङ्गुर पाल्दा पनि उचित बजार भाउ नपाएको गुनासो गरेका छन् ।
महङ्गो दाना किनेर खुवाउनुपर्ने बाध्यता र समाजमा बङ्गुरप्रतिको नकारात्मक दृष्टिकोणका कारण पनि व्यवसाय फस्टाउन नसकेको व्यवसायीको भनाइ छ । बङ्गुरपालन व्यवसायी सङ्घ तदर्थ समितिका अध्यक्ष दुर्गाबहादुर वलीले विभिन्न समस्याले प्रभावित बङ्गुर व्यवसाय पछिल्लो समय नाकाबन्दी र बन्द हड्तालका कारण धरापमा परेको बताएका छन् ।

प्रकाशित मिति: आइतवार, कार्तिक १५, २०७२