काठमाडौं । बैशाखमा गएको विनाशकारी भूकम्प प्रभावित किसानहरुलाई राहत स्वरुप गुणस्तरहीन धानको बीउ बा“डेका कारण अहिले धान भित्र्याउने बेलामा धानमा बाला नलागेपछि किसानहरु चिन्तामा परेका छन् । माना रोपेर मुरी फलाउने किसानहरुको खेतमा यो बर्ष मुरी रोपेर माना पनि फल्ने संकेत देखिएन । गोरखाका किसानहरुले त धानमा बाला नलागेपछि हरियो पराल बनाएर पशु चौपायाहरुलाई खुवाउन थालेका छन् ।
भूकम्प प्रभावित किसानहरुलाई गुणस्तरहीन बीउ वितरण भईरहेकोले त्यस्तो कार्यलाई निरुत्साहित गर्न र गुणस्तरहीन बीउ वितरण रोक लगाउन कृषिले समाचार प्रकाशन समेत त्यसताका नै गरेको थियो । सो समाचार प्रकाशन भएपछि कृषि विकास मन्त्रालयले सो कार्यमा संलग्नलाई कार्वाहीको प्रक्रिया समेत अगाडि बढाएको थियो । कृषि विकास मन्त्रालयले त्यस ताका नै मन्त्रालयस“ग समन्वय नगरी बीउ वितरण नगर्न आग्रह समेत गरेको थियो । सोही अनुरुप एफ.ए.ओले १० जिल्लामा बीउ वितरण गर्नका लागि समन्वय गरेको भएपनि गुणस्तरहीन बीउ वितरण गरेकोमा विवादबाट एफ.ए.ओ मुक्त हुन सकेको थिएन । त्यसैगरी अक्सफाम नामक संस्थाले त मन्त्रालयस“ग स्वीकृत नै नलिई सिधै जिल्लामा बीउ वितरण गरेको मन्त्रालयको भनाई छ । त्यसबेलाका कृषि मन्त्रीले त अक्सफाम नेपालले मनलाग्दो किसिमले धानको बीउ बा“डेकोले सचेत हुन भाषण नै गरेका थिए । कृषि विकास मन्त्रालयलाई अक्सफामले नटेरेको आरोप लगाएपनि कार्वाही भने गरिएको थिएन । त्यसको परिणाम अहिले धान भित्र्याउने बेलामा धान नफलेपछि किसानहरु एक बर्षसम्म भोकै बस्नु पर्ने अवस्थामा पुगेका छन् । भूकम्पले घर भत्किदा किसानस“ग धानको बीउ नभएको भन्दै जिल्ला कृषि विकास कार्यालयलाई साक्षी राखेर एफ.ए.ओले राम धान, सुखानी, सावित्रीलगायत जातको बीउ निःशुल्क बा“डेको थियो । त्यही धानको बीउ रोपेका गोरखाका किसानहरु अहिले मारमा परेका छन् । त्यसबेला सितैमा दिएको धानमा एउटै बाला नलागेको सिम्जुङ्ग गाविस–४ की किसान कमला दवाडीले बताईन् । एफएओले बा“डेको धानमा बाला नलागेपछि जिल्ला कृषि विकास कार्यालयका कर्मचारी अहिले तनावमा बसेका देखिन्छन् ।
त्यस्तै अक्सफामले सिन्धुपाल्चोक, नुवाकोट, दोलखा लगायत धार्दिङमा धानको बीउ बा“डेको देखिन्छ । अक्सफामले धार्दिङमा बा“डेको बीउले पनि धान नफलेको र समस्या देखापरेको जिल्ला कृषि विकास कार्यालयका एक कर्मचारीले नाम नलेख्ने शर्तमा कृषिलाई बताए । अर्कोतिर मन्त्रालय उच्च अधिकारी भन्छन् अक्सफामले बीउ बा“ड्न स्वीकृति लिएको थिएन । किसानहरुले उजुरी हालेमा अक्सफामलाई कार्वाही ती अधिकारी बताउ“छन् ।
भूकम्प पीडितलाई अक्सफामले बँ“डेको
धानको बीउका कारण धान नफलेको, धेरै समस्या देखा परे किसानहरुको गुनासो आएपछि अक्सफाममा सम्पर्क गर्दा अक्सफाममा कार्यरत सञ्चार अधिकृतले भने जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर बीउ बा“डेको बताए । तर कृषि मन्त्रालयस“ग समन्वय नगरी बीउ वितरण गरेको विषयमा भने उनले जिल्ला कृषि कार्यालयस“ग स्वीकृत लिएको भन्ने जवाफ दिएका थिए । स्वीकृत पत्र आफूसंग रहेको र उपलब्ध गराउछु भने पनि उपलब्ध भने गराएनन् । भूकम्प पीडित किसानहरुले छ महिना मेहनत गरेर पनि धान नपाएपछि कृषि विकास मन्त्रालयले गुणस्तरहीन बीउ वितरण गर्ने अक्सफाम र एफएओलाई कार्वाही गर्ला कि नगर्ला त्यो भने हेर्न वाँकी नै छ ।
डलर खाएर गुणस्तरहीन बीउ बाँड्नेलाई कसले कार्वाही गर्ने ?

Add Comment