शुक्रबार, बैशाख ७, २०८१

माछा पोखरी तथा ह्याचरीका लागि अनुदान आव्हान

काठमाडों, कार्तिक। कृषि विकास मन्त्रालय मत्स्य विकास निर्देशनालयले आगामी बर्षको स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा मत्स्य पालन तथा ह्याचरी सञ्चालन गरिरहेका किसानहरुका लागि नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । व्यवसायिक रुपमा मत्स्य पालन तर्फ किसानहरुलाई आकर्षण गर्नका लागि विगतदेखि नै सक्रिय रहेको सो निर्देशनालयले यो बर्ष मत्स्य उत्पादन विशेष कार्यक्रमका रुपमा तराईका जिल्लाका लागि पोखरी निर्माणका लागि प्रस्ताव आव्हान गरेको छ । त्यसैगरी निर्देशनालयले एकलिंगिय तिलापिया एवं पंगासियस ह्याचरी निर्माण एवं व्यवस्थापन कार्यक्रका लागि पनि कार्तिक १० गतेदेखि लागू हुने गरी एक महिना अवधि दिएर अनुदानका लागि प्रस्ताव माग समेत गरेको छ ।

krishi 28

मत्स्य उत्पादन विशेष कार्यक्रमका लागि तराईका जिल्लाका लागि भएको समेत निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार पोखरी निर्माण गर्नका लागि प्रति हेक्टर ३ लाख रुपैयाँ अनुदानको व्यवस्था गरेको छ । त्यसैगरी ह्याचरीको लागि लागि १० लाख अनुदानको व्यवस्था गरेको छ ।
तराई जिल्लामा पोखरी निर्माण तथा ह्याचरी व्यवस्थापन गर्ने इच्छुक व्यक्तिहरुले जिल्ला स्थित जिल्ला कृषि विकास कार्यालय वा मत्स्य विकास केन्द्रहरुबाट आवेदन फारम प्राप्त गरी बुझाउन सक्ने छन् ।

 

प्रकाशित मिति: शनिबार, कार्तिक १४, २०७२