शुक्रबार, चैत्र १६, २०८०

अदुवा खेतीमा रमाउदै किसान

उदयपुर,१४ कार्तिक । अदुवा उत्पादनतर्फ उत्साहित बन्दै अदुवा खेती तर्पm लागेको उदयपुरका किसानहरु आफूले लगाएको अदुवा राम्रो उत्पादन भएपछि दंग परेका छन् । यस पटकको सिजनमा उदयपुर जिल्लाको पश्चिमी पहाडी क्षेत्रका गाविसमा अदुवा खेती उत्पादन निकै राम्रो भएपछि यसक्षेत्रका व्यवसायिक अदुवा उत्पादक कृषक निकै उत्साहित भएका छन् । जिल्लाको पश्चिमी पहाडी क्षेत्रको सिरीसे गाविस, हर्देनी, मयङ्खु, बाहुनीटार, कटारी, रिस्कु, सोरुङ्छबीसे क्षेत्रमा व्यावसायिक अदुवा खेती हुँदै आएको छ । यसपटक व्यवसायिकरुपमा गरिएका अदुवा खेती राम्रो उत्पादन भएको कारण आपूmहरु निकै उत्साहित भएको अुदवा उत्पादनमा लागेका किसानहरु बताउछन् ।
गत वर्षको तुलनामा यसपटक अदुवाको उत्पादनको अवस्था हेर्दा राम्रो देखिएको कारण यसपटक अदुवा बिक्रीबाट राम्रो आम्दानी हुने अपेक्षा आपूmहरुको रहेको लेखानीका स्थानीय किसान हर्कबहादुर मगरले बताए ।
कटारी रिस्कु–७ का विष्णु दनुवारले पनि गत बर्षको भन्दा यो बर्ष अदुवा उत्पादन दुई गुना बढेको बताउछन् । तर अदुवा बिक्री गर्न बजार सहज तरिकाले पाउन सकिने हो की हैन भन्ने चिन्ता भने उनमा छ । जिल्लाको पश्चिमी क्षेत्रमा अदुवा राम्ररी उत्पादन हुने गरेपनि वर्षेनी अदुवाले उचित बजार भने पाउन नसकेको स्थानीय कृषकको गुनासो रहेको छ ।
अहिले स्थानीय बजारमा अदुवाको मुल्य प्रतिकिलो ६० देखि ८० रुपैयाँसम्म रहेको कृषक बताउँछन् । अदुवा उत्पादन हुने गाउँघरमा भने रु ४० प्रतिकिलो अदुवा विक्री हुने गरेको उनीहरुको भनाई छ ।

प्रकाशित मिति: शनिबार, कार्तिक १४, २०७२