बिहिबार, बैशाख ६, २०८१

आफ्नै बारीको स्याउले जिवीका चलाउंदै

मुगु, १४ कार्तिक । सडक यातायातले छोएपछि आफ्नै बारीमा फलको कृषि उपजहरुबाट नै जीवन जिउने आधार बन्नेमा यतिखेर मुगुका किसानहरु विश्वस्त हुन थालेका छन् । कुनै बेला घरमा आउने पाउना, ईष्ट मित्रलाई नासो दिइने र बिक्री नभएर बारीमै कुहिने स्याउ अहिले मुगुका किसााका लागि जीवन जिउने प्रमुख आय स्रोत बन्दै गएको छ ।apple
विगतमा यातायातका साधन नहुँदा उत्पादित स्याउ बजार अभावका कारण जिल्ला मै घरेलु मदिरा कि त वस्तुभाउलाई खुवाउनु पथ्र्याे तर यस पटक स्याउ किन्न व्यापारी किसानका घर मै पुगेका छन् । हेला गरेको फल स्याउ अहिले उनीहरुका लागि प्रमुख आय स्रोत बनेको छ ।
मुगुमा मुस्किलले प्रतिकेजी रु २५ सम्ममा बिक्री हुने स्याउ सुर्खेत तथा नेपालगन्जमा रु ६० देखि ८० प्रति केजीमा बिक्रि हुने गरेको छ ।
दसैँ तिहार आउदा खर्च गर्ने पैसा नहुदा ऋण खोजेर दशै मनाउदै आईरहेका उनीहरुले यो चोटी स्याउको व्यापार राम्रो भएकाले आफ्नै आम्दानीले मनाउन पाएकोमा खुशी समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, कार्तिक १४, २०७२