शुक्रबार, चैत्र १६, २०८०

पचासी प्रतिशत पानील धाने भिजायो

चितवन , १२ कात्तिक । बुधबार विहानै सवेरैदेखि परेको पानीाक कारण काटिसकेको धान भिजाउँदा किसान चिन्तित भएका छन् । भित्र्याउने बेलाको धान भिजाएपछि उनीहरू चिन्तित भएका हुन् । जिल्लामा यो बर्ष धान खेतीसमेत कम भएको र समय समयमा विभिन्न कारणले धानमा असर परेकाले उत्पादनमा कमी आउने अनुमान गरेकाबेला अधिकाँश क्षेत्रमा धानको निन भिजेको छ ।
पूर्वी चितवनको रत्ननगरमा ८५ प्रतिशत बढी धान भिजाएको कृषि कार्यालयका बागवानी विकास अधिकृत शिवराज पौडेलले बताए ।  तोरीलाई चिसो बनाएको छ भने मुसुरो र तरकारी खेतीलाई वर्षाका कारण फाइदा पुग्ने उहाँको भनाइ छ । पूर्वी चितवनमा अधिकांश क्षेत्रमा धान काटेर निन राखिएको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक १३, २०७२