बिहिबार, चैत्र १५, २०८०

अज्ञात रोगबाट ४६ बाख्रा मरे पशु सेवा कार्यालय बेखवर

महेन्द्रनगर, १३ कात्तिक । अछामको धमाली गाविसमा बाख्रामा अज्ञात रोग फैलिएको छ । अज्ञात रोगबाट धमाली गाविसको पुनेपाटामा स्थानीय किसानका ४६ बाख्रा मरेका छन् ।
केही दिनयता बाख्रामा अज्ञात रोग फैलिएपछि पशु किसान चिन्तित भएका छन् । बिरामी बाख्रामा झोक्राउने, मुखबाट ¥याल फाल्ने, आँखाबाट आँसु झार्ने, दिसा पातलो हुने, सिँगान आउनेलगायतका लक्षण देखिने गरेको पीडित किसानले बताए । goat
रोगका कारण मरेका बाख्रा काटेर हेर्दा पित्त बढेको र कलेजो फुटेको देखिएको पीडित किसान वीरेन्द्र आलेमगरले बताए ।
बुधबार एकैदिन ४६ बाख्रा मरेपछि कृषक निकै चिन्तित बनेका छन् । रोगबाट स्थानीय पैला बोगटीका १८ बाख्रा, वीरेन्द्र आलेमगरका १०, टीका विकका पाँच, दीपक विष्टका चार, चक्र धमालाका तीन, तपेन्द्र विष्टका दुई, नाउटे बोगटीका दुई र मानबहादुर पुनका दुई बाख्रा एकैदिन मरेको स्थानीयवासी अम्मरनाथ न्यौपानेले जानकारी दिए ।
रोग नियन्त्रणका लागि कमलबजारबाट एग्रोभेटका प्राविधिक बोलाएर रु ३८ हजार बराबरको औषधि गरिसकेको भए पनि बाख्रा मर्ने क्रम नरोकिएको किसानको भनाइ छ । अज्ञात रोगबारे पशुसेवा कार्यालयमा आफूहरूले सहयोगका लागि खबर गरेको भए पनि कुनै सुनुवाइ नभएको किसानको गुनासो छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक १३, २०७२