शनिबार, जेष्ठ २७, २०८०

उन्नाइसवटा खसीबोका लुटियो

महोत्तरीा, १३ कात्तिक । महोत्तरीको भारतीय सीमा नाकामा आज बिहान एक भारतीय व्यापारीका १९ वटा खसीबोका लुटिएको छ ।
भारतको सीतामढी जिल्लाको पुपरी बजारबाट खसीबोका लिएर आइरहेका भारतीय व्यापारीको १९ वटा खसीबोका अज्ञात समूहले जलेश्वर नगरपालिका–६ स्थित रातो नदीको बाँधमा लुटेका हुन् ।
ती व्यापारीले आफ्नो नाम बताउन चाहेनन् भने लुटिएका खसीबोका खोजी गरी दिन जलेश्वर उद्योग वाणिज्य सङ्घलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक १३, २०७२