बिहिबार, बैशाख ६, २०८१

भक्तपुरको आलु खेतमै कुहिँदै

भक्तपुर  १२ कात्तिक । पेट्रोलियम पदार्थको अभावका कारण सवारी साधनहरु चल्ल छाडेपछि किन्न  व्यापारी नआउँदा भक्तपुरको नगरकोट नगरपालिका–७ स्थित सुडालमा उत्पादन गरिएका आलु कुहिन थालेका छन् ।
दसैँअघि नै खन्नुपर्ने आलु अहिलेसम्म खेतमै भएपछि किसान कुहिने चिन्तामा परेका हुन् । “बेमौसमी आलु ६० दिनभित्र खन्नुपर्छ”, स्थानीय किसान रामहरि सुवेदीले भने “तर अहिले ७० दिन नाघिसक्यो आलु खन्न सकिएको छैन ।”
उनका अनुसार ६० दिनपछि खन्दा रातो कमिलाले आलु बिगार्छ । त्यस्तै बढी समय घर्के आलु फुटेर कुहिने हुन्छ । भारतीय नाकाबन्दीको कारण पेट्रोलियम पदार्थको अभावले गर्दा व्यापारी खेतसम्म पुग्न नसक्दा आलु खन्न कुनै पनि किसान तयार नभएको उनको भनाइ छ ।

प्रकाशित मिति: बिहिबार, कार्तिक १२, २०७२