शुक्रबार, चैत्र १६, २०८०

माटोमा अम्लीयपन बढ्दै उत्पादन घट्दै

दाङ, ११ कात्तिक । दाङ जिल्लाक खेतीयोग्य जमिनमा अम्लीयपन देखापर्न थालेपछि हरेक बर्ष कृषि उत्पादनको दर घट्दै गइरहेको छ । माटोमा अत्यधिक अम्लीयपनका कारण जिल्लाको वार्षिक ३० देखि ४० प्रतिशत उत्पादन घट्दै गइरहेकोे छ ।
जिल्ला कृषि विकास कार्यालय दाङका अनुसार जिल्लाको ९४ प्रतिशत माटोमा अम्लीयपन रहेको छ । माटोमा देखिएको अम्लीयपन हटाउन कार्यालयले आफ्नो तर्फबाट कृषि चुन प्रयोग गर्न किसानलाई सुझाव दिँदै आएको छ ।
कार्यालयले किसानलाई प्रत्येक वर्ष एकै प्रकारको बाली नलगाउन, हरियो मल र पोटासको प्रयोग पनि बढाउन सुझावसमेत दिँदै आएको छ ।
कार्यालयले गतवर्ष जिल्लामा सञ्चालन गरेको माटो परीक्षण शिविरका क्रममा अम्लीयपनको मात्रा देखिएको जनाएको छ । माटो परीक्षणका क्रममा पुरन्धारा, बाघमारे गाविस र देउखुरी क्षेत्रको माटोमा अम्लीयपनको मात्रा सबैभन्दा बढी देखिएको र डुरुवा, नारायणपुर र तुलसीपुर नगरपालिकामा पनि अम्लीयपन उच्च रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक ११, २०७२