बुधबार, बैशाख १२, २०८१

बैतडीका लागि चार जातका गहुँ उपयुक्त

बैतडी, ११ कात्तिक । यस जिल्लाका लागि मुख्यतः चार जातका गहुँ उपयुक्त हुने देखिएको छ ।
डब्लु के १२००, अन्नपूर्ण ४, गौतम, पासाङ ल्हामु जात उपयुक्त हुने बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताएका छन् ।
यो क्षेत्रमा रातो सिन्दुरेरोगको प्रकोप हुने भएकाले यी जातको गहुँको बीउ प्रयोग गर्न सकिए उत्पादन राम्रो हुने समेत उनले बताए । स्थानीय जातमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । सिँचाइको सुविधा कम भएका ठाउँमा सुख्खा र खडेरी सहन सक्ने भएकाले यी चार जातहरू उपयुक्त हुने जोशीले बताउछन् ।
यी जातका गहुँ कात्तिक अन्तिम सातादेखि मङ्सिर १५ भित्र छरिसक्नु पर्ने हुन्छ ।

प्रकाशित मिति: बुधबार, कार्तिक ११, २०७२