बिहिबार, चैत्र १५, २०८०

दशैमा प्रशस्त तिहारलाई ढुक्क जुम्ली भेडा

जुम्ला । तीन वर्ष अघिसम्म जुम्लामा तिव्वती च्यांग्राको निकै प्रयोग हुन्थ्यो । व्यापारीहरु तिव्वतवाट मुगुको नाक्चालाग्न भएर च्यांग्रा ल्याउने गर्थे । यहाँका स्थानीय जुम्ली भेडाभन्दा च्यांग्राकै पछि लाग्थ्ये, स्थानीय भेडाभन्दा तिव्वती च्यांग्राको मूल्य निकै कम थियो । जुम्ली भेडाको मुल्य १० हजार रुपैयामा किनवेच भईरहदा तिव्वती च्याग्रा ८ हजारमा विक्रि हुन्थ्ये । तर व्यापारीलाई च्यांग्रा खलंगासम्म पु¥याउन निकै सास्ती हुन्थ्यो । तीन वर्ष यता दशैमा जुम्ली भेडाले धानेका छन । यहाँका भेडामा पिपिआर रोगको संक्रमण देखिन थालेपछि तिव्वतले भेडा पठाउन छोडेको छ भने यहाँका व्यापारी पनि तिव्वती वजार पुग्न सकेका छैनन । वरु यहाँका खर्कसम्म पुगेर जुम्ली भेडाको खरिद विक्रि गर्ने गरेको पशु सेवा कार्यालय जुम्लाले जनाएको छ । jumli seep
पछिल्लो समयमा दशैमा खसीवोकाको कारोवार कमी आउनुका साथै खानेवानीमा समेत परिवर्तन आएको पशु विकास अधिकृत गोविन्द वहादुर महत वताउछन । उनका अनुसार यो वर्षको दशैमा खसीवोकाको कारोवार तिन करोड ४० लाख रुपैया वरावरको भएको छ । ४ हजार ९ सय ८९ खसीवोका सदरमुकाम खलंगा भित्रिएका थिए । जस मध्ये ३ हजार ४ सय खसीवोका विक्रि भए । वाँकी खसीवोका किसानले फिर्ता लिए । न्युनतम ६ हजार रुपैया देखि अधिकतम १८ हजार रुपैयासम्म खसीवोकाको मुल्यमा किनवेच भएको थियो ।
यसअघि पशु विकास अधिकृत महतले यो वर्ष जुम्ली खसीवोकाको मुल्य न्युनतम १२ हजार देखि २४ हजार रुपैया सम्म हुने वताएका थिए ।गत वर्ष ६ करोड ७१ लाख ७० हजार रुपैया वरावरको भेडाको कारोवार भएकोमा यो वर्ष २५ प्रतिशत कम खसीवोकाको प्रयोग भएको छ । जिल्लामा देखिएको पिपिआर रोगले खसीवोका मर्न सक्ने भन्दै सवै खसीवोका सदरमुकाम ल्याएपछि यहाँको भेडाको मुल्य एक्कासी सस्तीएको हो ।
किसानले साना भेडा ल्याएकोले कम मुल्यमै वेचेको पशु सेवा कार्यालय वताउछ । जिल्लाको गुठिचौर, पट्मारा, डिल्लीचौर, पातारासी, छुमचौर, वड्की, शनिगाउँ, तलिउम र कुडारी गाविसवाट खसी वोका ल्याइएको थियो । वाजुरा जिल्लावाट ७० भेडा भित्रिएको पशु विकास अधिकृत महतले जानकारी दिए । उनले भने तिन वर्ष देखि स्थानिय जुम्ली भेडाले दशै तिहार धानेका छन । प्रत्येक घरमा दशैको अघिल्लो दिन खसीवोकाको वध गर्ने प्रचलन हटेर मिलेर खसी किन्ने र वाडचुड गरेर मासुको प्रयोग गर्नाले खसी वोकाको कारोवारमा कमी आएको उनको भनाई छ । अहिलेको अवस्थामा यहाँको खसीवोका नै दशैमा प्रर्याप्त भएकाले तिहारका लागि पनि ढुक्क भएको बताए । – डिवी वुढा

प्रकाशित मिति: बुधबार, कार्तिक ११, २०७२