शुक्रबार, चैत्र १६, २०८०

सचिवलाई सहसचिवका रुपमा चिनाउँदा

काठमाडौ,११ कार्तिक। प्रविधि विस्तारका कारण हरेक जानकारी, घटना वा गतिविधि विश्वभर तत्कालै थाहा पाउन सकिने अवस्था छ । त्यही प्रविधिको अंगिकार गर्दै संघसंस्था मन्त्रालय समेतले आफ्नो जानकारी सहज पहुँचमा पुगोस् भन्ने हेतुले वेवसाइटहरु पनि निर्माण गर्दै आईरहेका छन् । अझ समाचारको तीव्र प्रचार प्रसारका लागि अनलाईन पनि प्रशस्त खुलेका छन् । कुरा गर्न खोजिएको विषय भने कृषि विकास मन्त्रालय किसानहरुलाई प्रविधि विस्तार गर्दै, मौसम विवरणदेखि किसानका समस्या तत्काल सम्वोधन गर्न प्रविधिको विस्तार गर्न करोडौं खर्च गरिरहेको छ । bord
तर, त्यही मन्त्रालयको वेवसाइट हेर्ने हो भने अपडेट गरिएको पाईदैन । एक महिनाभन्दा अगाडि नै सहसचिवहरुको बढुवा हुंदा कृषि विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव उदयचन्द ठाकुर सचिवमा बढुवा भईकेका छन् । ठाकुर सचिव भएको करीव दुई तीन हप्ता वितिसक्दा पनि कृषि विकास मन्त्रालयको वेवसाईटमा भने उनलाई सहसचिव कै रुपमा राखिएको थियो । सो समाचार कृषि अनलाईनमा प्रकाशित भएपछि वेव पेजमा सच्याउने काम भएपनि कृषि विकास मन्त्रालयका धेरै ठाउमा सहसचिवकै रुपमा प्रस्तुत गरिएको छ । त्यही मन्त्रालयको वेव साईटमा मन्त्रीको नाम र फोटो परिवर्तन गर्न सक्ने तर प्रवक्ताको फोटो र पद परिवर्तन गर्न नसक्नुलाई कृषि विकास मन्त्रालको प्रविधि विस्तार कति फितलो छ भन्ने कुरा स्पष्ट पार्दछ । त्यत्तिमात्र होइन एकातिर ढाले पनि अर्कोतिरबाट चुहिन्छ भने जस्तै धेरै भन्दा धेरै जनताले आँखा पु¥याईरहने कृषि विकास मन्त्रालयको मूल ढोकामा राखिएको नामावली लिष्टमा सवैभन्दा माथि नै कृषि विकास मन्त्रालयका प्रवक्ता सहसचिव उदयचन्द ठाकुर उल्लेख गरिएको छ । सचिव भईसकेकालाई सहसचिव नै बनाईरहनु उपयुक्त होला ? सचिवलाई अझै पनि सहसचिवका रुपमा कृषि विकास मन्त्रालयले परिचित गराउदै आफ्नो विशेष जिम्मेवारी प्राप्त गर्ने अधिकारीहरुको बोर्डमा सहसचिव नै बनाउनुलाई कृषि विज्ञहरुले बेग्लै अर्थका रुपमा लिएका छन् । मन्त्रालयको ध्यान मूलगेटमा त जान सकेको छैन भने मुलुकभरका किसानहरुका समस्यामा कसरी जान सक्ला कृषिविज्ञहरुले नै प्रश्न गर्न थालेका छन् ।

प्रकाशित मिति: बुधबार, कार्तिक ११, २०७२