मङ्लबार, बैशाख ११, २०८१

वैतडीमा कृषि जेटिए पढाई शुरु

बैतडी, १० कात्तिक । बैतडी जिल्लाको श्रीकोट गाविसमा कृषि जेटिएको पढाई शुरु भएपनि कृषि शिक्षा हासिल गर्न खोज्नेहरुका लागि कोसेढुङ्गा सावित भएको छ । पहिलोपटक गाउँमै प्राविधिक शिक्षा तथा कृषि जेटिएको पढाइ हुने भएको छ ।
बैतडीको श्रीकोटमा व्यावसायिक तथा सीप विकास तालिम परिषद् सिटिइभिटीबाट मान्यता प्राप्त चनैराज माध्यमिक विद्यालयमा एनेक्स कार्यक्रमअन्तर्गत यही वर्षदेखि १५ महिने कृषि जेटिए खुलेपछि स्थानीय जनता हर्षित भएका छन् ।
छोराछोरीलाई कृषि जेटिए पढाउनकै लागि काठमाडौँ, धनगढी, महेन्द्रनगर पठाउनुपर्ने बाध्यता अब त्यो हटेको समाजसेवी हेमराज गिरीले बताए । उनले भने, “गाउँमै कृषि जेटिए खुलेपछि खुसी छौँ ।”
चनैराज माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम भट्टका अनुसार सर्वसाधारणका लागि सजिलो होस् भनेर गाउँमै कृषि जेटिए खोलिएको हो ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक १०, २०७२