शुक्रबार, बैशाख ७, २०८१

चितवनमा बाख्रा र बङ्गुरपालनमा २५ लाख

चितवन, ८ कात्तिक । चितवनमा यसवर्ष पशुविकास सेवा अन्तरगत बाख्रा र बङ्गुरपालन विकासका लागि जिल्ला पशु सेवा कार्यालयमा नयाँ कार्यक्रम आएको छ ।
पशुविकास सेवाको केन्द्रीय कार्यक्रम अन्तरगत बाख्रा र बङ्गुरपालन विकासका लागि रु २५ लाख रकमको नयाँ कार्यक्रम आएको पशु सेवा कार्यालय चितवनका प्रमुख डा रामकुमार कार्कीले बताएका छन् ।
यसवर्ष बाख्रा विकासका लागि रु आठ लाख र बाँकी रकम बङ्गुरपालनमा खर्च गरिने छ । मुख्य गरी चितवनको पहाडी भेगमा बाख्रापालन र तराई क्षेत्रमा बङ्गुर पालन सफल भएको कार्कीले बताए ।
अहिले जिल्लामा करिव साढे दुई लाख बाख्रा पालिएको छ । यस्तै १० हजारभन्दा बढी बङ्गुर पालिएको अनुमान छ ।
जिल्लामा बङ्गुरको मासु र पाठा उत्पादन गरी बिक्री वितरण हुँदै आएको छ । व्यावसायिक बङ्गुरपालनमा करिव ४० जना किसान सक्रिय भएको उनको भनाइ छ । दक्षिण माडीमा समेत बाख्रापालन प्रनभावकारी हुँदै आएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतवार, कार्तिक ८, २०७२