बिहिबार, बैशाख १३, २०८१

आयआर्जनको माध्यम लसुन खेति

जुम्ला, ७ कार्तिक । वड्की गाविसको ओदी गाउँका लागि लसुन खेति आयआर्जनको माध्यम वनेको छ । लसुन खेति वाटै तेल,नुन लगायतको दैनिक उपभोग्य वस्तु खरिद गर्दै आएको स्थानिय तिल वहादुर रोकाया वताउछन । प्रत्येक घरमा लसुन खेति गरिएको छ । लसुनको पात र दाना दुवै स्थानिय वजार सम्म लिईएर वेच्ने गरेको किसानहरु वताउछन । घर नजिकैका सवै वारीहरुमा लसुन लगाइएको छ । लसुनले स्वास्थ्यमा पनि फाईदा गर्ने र वजार सम्म लिए लुगा फाटो समेत फेर्न मद्धत पुग्ने गरेको छ । केटाकेटीका कापी कलम देखि घरपरिवारको लुगो रोटिको लागि समेत लसुनले धानेको छ । यहाँको मुख्य वाली, जौ, गहु, मकै, सिमी, आलु जस्तै लसुन पनि प्रमुख वालीका रुपमा लगाईदै आएको छ । वड्की गाविसकै सवै भन्दा वढि लसुन उत्पादन हुने वस्ती ओदी हो । ओदी गाउँवाट नजिकैका छिमेकी वस्तीले समेत लसुन खेति अंगाल्न थालेका छन । लसुनको वजार मुल्य एक सय ६० रुपैया छ तर किसानले एक सय देखि एक सय २० रुपैयामा वजारमा उपलव्ध गराउदै आएका छन ।
विहानै विना नास्ता पानी लसुन खाएमा दिनभर पेटलाई सफा राख्ने स्थानिय वताउदै आएका छन । अहिले घर घरमा लसुन खेति लगाउदै आएपनि व्यवसायीक रुपमा लसुन खेति लगाउने चलन वसेको छैन । प्रत्येक घरमा न्युनतम एक क्वीन्टल देखि पाँच क्वीन्टल सम्म लुसन उत्पादन हुदै आएको छ । व्यवसायीक रुपमै लसुन खेति गरेमा कुनै जानकारीको मुख ताक्न नपर्ने स्थानिय वताउछन । तर व्यवसायीक रुपमा लसुन खेति गर्नको लागि प्रायप्त प्राविधिक ज्ञान छैन । लसुनमा खासै रोगको संक्रमण नदेखिएको किसान वताउछन ।
पहिले पहिले घरमै खाएर सकाउथ्यौ स्थानिय धिरेन्द्र रोकायाले भने अहिले नाग्म गमगडी सडक खण्डका पसलहरुमा वेच्दै आएका छौ । आफुहरुको लसुन सुर्खेत नेपालगंजका वजार सम्म पुग्ने गरेको अनुभव सुनाउछन । अहिले सदरमुकाम खलंगामा ल्याएर स्टोर गरि होल सेलमा विक्रि वितरण हुदै आएको छ । स्थानिय तिल वहादुर रोकायाले प्रत्येक वर्ष लसुन वेच्न ल्याएर घरखर्च व्यवस्थापन गर्दै आएको सुनाए । अहिले वजारमा लसुन अभाव भएमा ओदी गाउँवाट लसुन मगाउने गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिपेन्द्रराज पौडेलले यहाँका स्थानियले लसुनको खेति गरेर जिवनयापन सहज वनाएको वताए । उनले भने यो कार्य निकै राम्रो छ तर व्यवसायीक रुपमा लसुन उत्पादन गरे भविष्य पनि राम्रै छ । घरमै व्यवसायीक रुपमा लसुन खेति गरे कालापहाड गएर पत्थर फोड्ने देखि फोहोर चहार्नु नपर्ने तर्क गरे । तर यहाँका किसानलाई लसुनको उपयोगीता र लगाउने तौर गरिकावारे समयमै सचेत गर्नु पर्ने आवश्यकता औलाए । दुई सय घर धुरी रहेको सो गाउँमा झण्डै ५० क्वीन्टल भन्दा वढि वार्षिक रुपमा लसुन उत्पादन हुदै आएको छ । राम्रो संग ध्यायन दिएर लसुन खेति गरे जडिवुटी संकलनकाृ लागि पाटनको चिसो खेप्न जानु नपर्ने जानकारहरु वताउछन । शिक्षक रंग रोकायाले यो वर्ष मात्रै ३५ क्वीन्टल लसुन सुर्खेत नेपालगंजमा लिएर विक्रि गरिएको छ । ( डिवी वुढा

प्रकाशित मिति: शनिबार, कार्तिक ७, २०७२