मङ्लबार, बैशाख ४, २०८१

भोजपुरमा असिनाले बाली नष्ट

भोजपुर, ६ कात्तिक । पूर्वी पहाडी जिल्ला भोजपुरमा मुसलधरे पानीसहित असिना परेको छ ।
भोजपुरको उत्तरी दिङ्ला क्षेत्रमा आज दिउँसो १ बजेबाट परेको पानी र असिनाका कारण किसानले लगाएको धानलगायत अन्य बालीमा ठूलो क्षति पुगेको स्थानीय उपेन्द्र भट्टले जानकारी दिएका छन् । उनका अनुसार मुसलधरे पानीसँगै असिनाले किसानले लगाएको अन्नबाली धान र कोदोमा ठूलो क्षति पुगेको छ, भने दसैँमा टीका लगाउन जानेहरुलाई पनि प्रभावित बनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक ६, २०७२