शुक्रबार, चैत्र १६, २०८०

बैतडीको स्वोराडमा चामल पुग्यो

बैतडी, ५ कात्तिक ।बैतडीको दुर्गम क्षेत्र तल्लो स्वोराडमा खाद्य संस्थानको चामल पुगेको छ ।

दसैँका बेला चामलको अभाव नहोस् भनेर खाद्य संस्थानको क्षेत्रीय कार्यालय धनगढीबाट ६० क्विन्टल चामल कुलाउ डिपोमा पठाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

कुलाउमा चामल पुगेपछि तल्लोस्वोराडको मेलौली, कुलाउ, उदयदेव, शर्मालीलगायतका गाविसका सर्वसाधारण नागरिक लाभान्वित भएका छन् ।

प्रकाशित मिति: बिहिबार, कार्तिक ५, २०७२