शनिबार, बैशाख ८, २०८१

सचिवलाई सहसचिव बनाईदिएपछि

काठमाडौं , ३ कार्तिक । प्रविधि विस्तारका कारण हरेक जानकारी, घटना वा गतिविधि विश्वभर तत्कालै थाहा पाउन सकिने अवस्था छ । त्यही प्रविधिको अंगिकार गर्दै संघसंस्था मन्त्रालय समेतले आफ्नो जानकारी सहज पहुँचमा पुगोस् भन्ने हेतुले वेवसाइटहरु पनि निर्माण गर्दै आईरहेका छन् । अझ समाचारको तीव्र प्रचार प्रसारका लागि अनलाईन पनि प्रशस्त खुलेका छन् । कुरा गर्न खोजिएको विषय भने कृषि विकास मन्त्रालय किसानहरुलाई प्रविधि विस्तार गर्दै, मौसम विवरणदेखि किसानका समस्या तत्काल सम्वोधन गर्न प्रविधिको विस्तार गर्न करोडौं खर्च गरिरहेको छ । prabakta
तर, त्यही मन्त्रालयको वेवसाइट हेर्ने हो भने अपडेट गरिएको पाईदैन । एकसाता भन्दा अगाडि नै सहसचिवहरुको बढुवा हुंदा कृषि विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव उदयचन्द ठाकुर सचिवमा बढुवा भईकेका छन् । ठाकुर सचिव भएको करीव दुई हप्ता हुन लाग्दा कृषि विकास मन्त्रालयको वेवसाईटमा भने उनलाई सहसचिव नै बनाइएको छ । कृषि विकास मन्त्रालयको वेव साईट www.moad.gov.np हेर्ने हो भने मन्त्रालयको प्रवक्तामा सहसचिव उदय चन्द ठाकुर उल्लेख गरिएको छ । त्यही मन्त्रालयको वेव साईटमा मन्त्रीको नाम र फोटो परिवर्तन गर्न सक्ने तर प्रवक्ताको फोटो र पद परिवर्तन गर्न नसक्नुलाई कृषि विकास मन्त्रालको प्रविधि विस्तार कति फितलो छ भन्ने कुरा स्पट पार्दछ ।
सचिव भईसकेकालाई सहसचिव नै बनाईरहनु उपयुक्त होला ? सचिवलाई अझै पनि सहसचिवका रुपमा कृषि विकास मन्त्रालयले परिचित गराउँदै आफ्नो वेवसाइटमा सहसचिव नै बनाउनुलाई कृषि विज्ञहरुले बेग्लै अर्थका रुपमा लिएका छन् । मन्त्रालयको वेव साईट नै दू््रत गतिमा चलाउन सकिएको छैन भने किसानहरुलाई अन्य प्रविधि कसरी विस्तार गर्न सक्ला भन्ने प्रश्न उब्जिन थालेको छ ।

प्रकाशित मिति: मङ्लबार, कार्तिक ३, २०७२