बुधबार, बैशाख १२, २०८१

संरक्षणका दृष्टिले खतरामा लोपोन्मुख नौमुठे गाई

नेपालमा मात्र पाइने र विश्वकै सानो घरपालुवा रैथाने जनावरको रूपमा परिचित आछामी गाई नेपालको महत्वपुर्ण सम्पदाहो । नेपालको सुदुरपश्चिम क्षेत्रको अछाम जिल्लाबाट उत्पति भएको मानिने यो गाईको नाम पनि जिल्लाको नाम स“ग जोडेर अछामी राखिएको छ । केही संख्यामा वझाङ, वाजुरा र डोटी जिल्लामा पनि पाउन सकिन्छ । यसको आकार तथा तौलका हिसावले विश्वकै सवैभन्दा सानो जातको गाईमा गणना गरिएको छ । स्थानिय भाषामा यसलाइ“नौमुठे गाई“ भनेर पनि चिनिन्छ । यसको शारीरिक विशेषतामा कसिएको सिंग पातलो र तिखो भएको, चन्चल, रंग प्रायःकालो वा खैरो र छाला नरम हुन्छ । यिनीहरूको अधिकतम तौल १४४–१४५ के.जी. भएको पाईएको छ भने यसको औषत दूध उत्पादन १.५ –२ के.जी प्रतिदिन सम्म छ । प्रजननको लागि वयस्क हुने उमेर ४ वर्ष हो भने ५ वर्ष को उमेरमा पहिलो पटक ब्याउछ र वेतान्तर १२–२४ महिनाको हुन्छ ।औषतदूधदिने अवधी २२५ दिनको हुन्छ । औषतशारीरिक तौल १२५ के.जी. रेकर्ड गरिएको छ । (डाटा साभारः रूद्र प्रसाद पौडेल, व्यवसायिकगाइ भैसी पालन)
naumuthe gaiअवस्था के छ ?
यिनीहरूको संख्या घट्ने क्रममा छ र संरक्षणका दृष्टिले खतरामा छन् । हाल यो गाई लोप हुननदिन संरक्षणका कार्यक्रमहरु संचालनगरिएकापनि छन् । यस गाइलाई पछिल्लो समयमापर्यटकीय महत्व ९ब्नचय तयगचष्कm० को हिसावले पनि हेर्न थालिएको छ । यि गाईहरु अत्यन्त प्रतिकुल वातावरणमा पनि वा“च्न सक्ने हुन्छन् । नेपालको पहिचानस“ग जोडिएको यो गाई आज संरक्षणको पर्खाइमा रहेको छ । जिल्लाको रेकर्डमा यो गाईको जम्मा संख्या ४४७ रहेको छ । यद्यपी यो संख्या गत वर्षको हो । यो गाई संख्यामा मात्र हैन यसको जातीय शुद्धतामा पनि कम हुदैं गएको देखिन्छ । अछामका पहिलेदेखि नै अछामी गाई पाल्दै आएका कृषकहरूस“गको अन्तर्कृयामा आजकल यो गाईको संख्याकम हुदै गएको, जुरो हराउन थालेको, आकारमा पनि वृद्धि हु“दै गएको र उत्पादनमा पनि केही सुधार भएको बताउ“छन् । यसको अर्थ आछामी गाईको सुधार भएको होइन, बरू यसको जातीय शुद्धतामा ह्रास हुदैं गएको भन्न सकिन्छ । तस्वीरमा देखाइएको गाई कृषकहरूले शुद्ध नश्लको हो भनेता पनि यसमा अरू नश्लको मिसावट छ । हाल यो भन्दा शुद्ध नश्लको अछामी गाई पाउन मुस्किल छ, तसर्थ हाल यसको संख्या निकै घटेर लोपोन्मुख अवस्थामा पुगेको छ ।
किन खतरामा छ ?
विश्वकै सानो गाईको रूपमा मानिने यसको संरक्षणको लागी विभिन्न ल्न्इकरक्ष्ल्न्इक तथा नेपाल सरकारका विभिन्न निकायहरू सक्रिय रहेता पनि यसको संख्या बढ्न सकेको छैन, बरू दिनानुदिन संख्या तथा जातीय शुद्धतामा ह्रास हुदैं गएको छ । भौगोलिक विकटता, कृषकहरूमा जनचेतनाको कमी, न्यून उत्पादन क्षमता, दलित बस्तिहरूसम्म पहु“चको कमी संरक्षण नहुनुका प्रमुख कारणहरू हुन सक्छन् । कृषकहरूको भनाइ अनुसार जाडो याममामुगु, बाजुरा, हुम्ला लगायतका हिमाली जिल्लाहरूबाट जाडो छल्न तथा व्यापार गर्न आउने मानिसहरूले अवैधानिक रूपमा मासुको प्रयोजनका लागी यो गाई तिब्बततर्फ लाने गरेको बताउछन् भने अर्कोतिर उक्त गाइबाट आर्थिक रूपमा कम फाइदा हुने हुनाले किसानहरू व्यवसायिक रूपमा यो गाइको पालनगर्न रूचाउ“दैनन् । अवैध रूपमा तिब्बतसम्म गाइको निकासीमा स्थानीय पराम्परा, धार्मिक तथा सामाजिक आस्था प्रमुख कारण रहि आएको छ । स्थानीय परम्परा अनुसार परिवारको कुनै सदस्यको मृत्यु भएमा सो घर जुठो हुने मान्यता अनुसार घर चोख्याउनका लागि ब्राह्मिण पुरोहितलाइ गाइ दान गर्ने चलन छ । यसरी दानबाट प्राप्त गाइहरूलाइ पुरोहितले पालन गर्न नसकि तिब्बबततर्फ मासु प्रयोजनका लागि निकासी भएको पाइन्छ । तराई बाट खेत जोत्नका लागि ल्याइका हरियाणा सा“ढे तथा अन्य उन्नत जर्सी तथा होलस्टेन सा“ढेस“ग क्रस भइयसको जातीय शुद्धता ह्रास हु“दै गएको हुनाले शुद्ध नश्लको अछामी गाई पाउनपनि कठिन भइसकेको अवस्था छ । यहि किसिमबाट क्रस हुदैं जाने हो भने, यसरी नै अवैधानिक रूपमा तिब्बततर्फ निकासी हुने हो भने र संरक्षणको लागि कुनै बिशेष पहल नगर्ने हो भने विश्वकै सानो गाईको रूपमा परिचित नेपालको पहिचानस“ग जोडिएको महत्वपुर्ण सम्पदा लोपोन्मुख अछामी गाई पनि सिरी गाई जस्तै नेपालबाट लोपभइ इतिहासमा सिमित नरहला भन्न सकिंदैन । हामीले नेपालको रैथाने सिरी गाई नेपालबाट लोप भइसकेको भनेका छौं, तर आजकल सिरी गाई नेपालको नभइ भारतको रैथाने गाई हो र भारतमा यसको संख्या प्रशस्त रहेको छ भन्ने कपोलकल्पित कुरा पनि सुन्न नआएको होइन । यहा“ पनि आजकल यो अछामी गाई भन्दा आकार तथा तौलका हिसावले सवैभन्दा सानो जातको गाई त लुलु गाई पो रहेछ भन्ने भनाइपनि सुन्न थालिएको छ र सोहीअनुसार तालीममा पनि प्रशिक्षण दिन शुरू गरिएको छ । शुद्ध नश्लका अछामी गाईहरू नभइक्रस हुदैं गएका गाईहरूको डाटाका आधारमा अछामी गाई भन्दा लुलु गाई सानो रहेछ भन्नु भन्दा शुद्ध नश्लका अछामी गाईहरू पहिचान गरी अनुसन्धान गर्नु उत्तम हुनेछ । यो हाम्रो लागि बिडम्बनाको कुरा हो।
चुनौतीहरू के के छन् ?

0 शुद्ध नश्लको संख्याको एकिननहुनुः यो गाइको यथार्थ संख्या अझ पनि एकिन हुन सकेको देखिदैन । अन्दाजीकरणमा मात्र भनिएको छ

0 प्रजनन् रणनीति नहुनुः यस किसिमको नश्लको गाइको प्रजननको कुनै किसिमको रणनीति रहेको छैन, त्यसैले अन्य नश्लस“ग क्रस प्रजननको सम्भावना अत्याधिक रहन्छ ।
0 आफ्नै बाहुल्य रहेको क्षेत्रमा पनि उपेक्षित हुनुःअन्य नश्लका तुलनामा यस नश्लको उत्पादकत्व कम हुने हुदा“ आफ्नो बाहुल्य रहेको क्षेत्र अछाममा पनि यो उपेक्षित हु“दै आएको छ । कसैको चासो देखिदैन ।
संरक्षण कसरी ?
अछामका कृषकहरूस“ग गरिएको अन्तर्कृया र स्थलगत अध्ययनमा आधारित भएर भन्नुपर्दा यसको संरक्षणको लागि निम्न कुराहरुमा ध्यानदिनु पर्ने आवश्यक देखिन्छ ।

0 संरक्षणको लागि विभिन्न ल्न्इकरक्ष्ल्न्इक तथा सरकारी निकायहरू
सक्रिय रहेका छन् तर एउटै गाइको संरक्षणको लागि तिनीहरूले गर्ने कार्य शैली तथा कार्य योजनामा एकरूपता छैन । संरक्षणका लागि छनौट गरिएका स्थान पनि एउटै छैनन् । जसले गर्दा संरक्षणको कामप्रभावकारी भएको पाइदैन । यसको संरक्षणको लागि विशेष कार्य योजना बनाइ अगाडि बढ्नु पर्ने र विभिन्न कार्यरत ल्न्इकरक्ष्ल्न्इक तथा सरकारी निकायहरूको एउटै कार्य योजनाहुनुपर्ने आवश्यकता देखिन्छ ।
अिछामी गाइको संरक्षणको लागि पर्यटकीय महत्वलाइ लिएर स्रोत केन्द्र स्थापना गर्ने प्रयास गरिएता पनि हाल निरन्तरता नपाएको यसमा आवद्द समूह, समितीहरू बताउ“छन् । यसको लागि शुद्ध नश्लका अछामी गाईहरूको दीगो रूपमा स्रोत केन्द्र स्थापना गर्ने र ब्नचय तयगचष्कm को रूपमा विकास गर्ने सोचका साथ अगाडी बढ्नुपर्ने आवश्यकता देखिन्छ ।
िअछामी गाईलाई स्वः स्थानमै संरक्षण गर्न र अछामी गाइको वास्तविक संरक्षणको लागि पहिलेदेखि नै अछामी गाई पाल्दै आएका र रोजगारीको अर्को विकल्प नभएका दलित बस्तिहरूसम्म भौगोलिक विकटता र परम्परागत सोचाइका कारणले पहु“च नपुगेको सन्दर्भमा सर्व प्रथम त्यस्तो सोचको परिवर्तन गरी त्यस्ता बस्तिहरूमा पनि दृष्टि पुर्याइ कार्यक्रम सञ्चालनगर्नुपर्ने टट्कारो आवश्यकता देखिन्छ

0 यसको जातीय शुद्धतामा ह्रास हुदैं गएकोले शुद्ध नश्लको भाले पहिचान गरी समूह वा स्थानीय संस्था मार्फत् संरक्षणको कार्य अगाडी बढाउनु आवश्यक देखिन्छ । साथै छनौट भएका समूह, समिती तथा स्थानीय संस्थास“ग आवद्ध कृषकहरूलाइ संरक्षण तथा यसको महत्वबारे ब्यापक रूपमा जनचेतना दिनुपर्ने हुन्छ । कृषकहरूलाइ व्यवस्थापन (खोप, डिवर्मिङ्ग, जैविक सुरक्षा आदि) मा लाग्ने खर्चमा विशेष सहयोग काकार्यक्रम सञ्चालन गर्ने र प्रभावकारी सर्वसुलभ पशु स्वास्थ्य सेवाप्रवाहको व्यवस्था मिलाउनुका साथै संरक्षणको कार्यलाइ निरन्तर रूपमादिगो र परिणाममुखी बनाउनुपर्ने आवश्यकता देखिन्छ ।

0 यदि यसलाइ नेपालको गौरवको रूपमा स्थापित गरिरहने हो भने नीतिगत कार्यादेश सहित जिल्लापशु सेवा कार्यालय अछामलाइ अछामी गाइको संरक्षण गर्नु नै प्रमुख कार्यका रूपमा जिम्मेवारी दिनुपर्ने र सो अनुसार कार्य गर्नुपर्ने देखिन्छ । -डा. खगेन्द्रराज सापकोटा

प्रकाशित मिति: आइतवार, कार्तिक १, २०७२