बिहिबार, बैशाख १३, २०८१

पाल्पामा फस्टाउँदै छ भकारो सुधार

पाल्पा, २६ असोज । कृषि विकास मन्त्रालयअन्तर्गत माटो विकास निर्देशनालयको आर्थिक सहयोगमा जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा सुरुवात भएको भकारो सुधार कार्यक्रम पाल्पामा  प्रभावकारी भएको छ । विसं ०६५/६६ देखि सुरुवात भएको सो कार्यक्रमबाट जिल्लाका ४५० कृषक लाभान्वित भइसकेका छन् भने यस आवमा २०० कृषकलाई सहयोग गरिने जानकारी जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत वैकुण्ठ खनालल बताएका छन् ।
कार्यक्रमबाट जिल्लाको रामपुर नगरपालिका, सोमादी, नायर नम्तलेस, खानीगाbhakaro sudharउँ, चापपानी दोभानजस्ता २० भन्दा बढी गाविसमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको खनाल बताए । गोठदेखि नै कुलो बनाई नजिक खाडल निर्माण गरी मलमूत्र सङ्कलन गर्ने तथा मलखादको व्यवस्थापन पनि हुँदा कृषि उत्पादनमा पनि फरक भएको सोमादी गाविसका किसानहरु बताउँछन् । अभियानमुखी भकारो सुधार कार्यक्रमअन्तर्गत प्रतिगोठ रु पाँच हजार २०० का दरले कृषकलाई वितरण गरिएको र हालसम्म ख्याह, देउराली गाविसमा ४८ वटा, रामपुरस्थित विजयपुर कृषि सहकारी संस्थामा ७६ वटा, बराङदी चापपानी, खानीगाउँमा १२६ वटा, खस्यौली, रामपुर, नायरनम्तलेस दोभानमा २५ वटा भकारो सुधार भइसकेका छन् ।
रासायनिक मलको मूल्यवृद्धि, त्यसैमाथि सहज रूपमा आपूर्ति हुन नसक्नुजस्ता कारण र विषादीले मानव स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने भएकाले स्वस्थ बाली उत्पादन गर्ने कार्यक्रमको उद्देश्य रहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र कोइरालाले बताए ।

प्रकाशित मिति: मङ्लबार, अशोज २६, २०७२