बिहिबार, बैशाख ६, २०८१

तनहुँमा २० हजार खसीबोका भित्रिए

 

goatदमौली, २६ असोज । दर्शै नजिकिंदै गर्दा तनहुँ जिल्लाको सदरमुकाम दमौलीमा आज घटस्थापनाका दिनसम्म दसैँका लागि तनहुँमा २० हजारभन्दा बढी खसीबोका भित्रिएका छन् ।
जिल्लाको वैदी, कोटा, काहुँशिवपुर, भिरकोट, छिपछिप, राम्जाकोट, ऋषिङरानीपोखरीलगायतका गाविसबाट व्यापारीले ती खसीबोका दमौलीका मुख्य बजार डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौँडा, भिमादमा भित्र्याएका हुन् ।
तनहुँमा भित्र्याइएको खसीबोका छिमेकी जिल्ला लमजुङ, गोरखा र कास्कीसम्म पनि बिक्री हुने गरेको व्यापारी बताउँछन् । गत वर्ष पनि सोही हाराहारीमा तनहुँमा खसीबोका बिक्री भएको अनुमान व्यापारीको छ

प्रकाशित मिति: मङ्लबार, अशोज २६, २०७२