बिहिबार, बैशाख १३, २०८१

नेपाल एग्रोमा आगलागी

बारा, २५ असोज । बाराको प्रसानी ६ मा रहेको नेपाल एग्रो इण्डस्ट्रिजमा आइतबार राति १ बजे देखि लागेको आगलागी विहान ९ बजेसम्म नियन्त्रणमा आएको थियो। उद्योगका संचालक अमित अग्रवालले उद्योगमा रहेको विद्युतीय तारको कारणले उद्योगमा आगलागी भएको बताए । सो उद्योगले कृषिमा प्रयोग हुने किटनाशक औषधि उत्पादन गर्दै आएको थयो । आगलागीले कृषि किटनाशकका लागि आयात गरिएका कच्चा पदार्थ र किसानहरुलाई बिक्री गर्नको लागि तयार पारिएका औषधि नष्ट भएको अग्रवालले बताए।

प्रकाशित मिति: सोमवार, अशोज २५, २०७२