शुक्रबार, चैत्र १६, २०८०

कृषि विकास मन्त्रीमा हरिबोल गजुरेल नियुक्त

haribol

काठमाडौं, असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको नयाँ सरकारमा कृषि मन्त्री एनेकपा माओवादीका नेता हरिबोल गजुरेलले जिम्मेवारी पाएका छन् । राष्ट्रपति निवासमा प्रधानमन्त्री केपी शर्मा ओली सहित उनको नेतृत्वमा बनेको मन्त्रिपरिषद्का सदस्यहरु समेतले शपथ ग्रहण गरेका थिए । शपथ ग्रहण पश्चात नव नियुक्ति मन्त्रीहरुको कार्य जिम्मेवारी बाँडफाँड भएको थियो । सो जिम्मेवारी बाँडफाँडमा एमाओवादीका तर्फबाट मन्त्री हुनेहरुमा हरिबोल गजुरेलले कृषि मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
सिन्धुली जिल्ला क्षेत्र नं ३ बाट एमाओवादीका प्रत्यक्ष निर्वाचित सांसद गजुरले यस अघि बाबुराम भट्टराईको नेतृत्वको सरकारमा उच्च स्तरीय भूमिसुधार आयोगका संयोजक थिए । मन्त्री गजुरेलले आजै कृषि विकास मन्त्रालयमा गएर आफ्नो पद बहाली समेत गरेका छन् । पदबहाली गर्न पुगेका मन्त्रीलाई कृषि सचिव उत्तमकुमार भट्टराई लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए भने मन्त्रालयलको विस्तृत विवरण सहितको जानकारी सहसचिव योगेन्द्रकुमार कार्कीले गराएका थिए ।

प्रकाशित मिति: सोमवार, अशोज २५, २०७२