शनिबार, बैशाख ८, २०८१

प्रवक्ता ठाकुर सचिवमा बढुवा

udaya

काठमाडौं,२४ असोज । गत शुक्रबार बसेको मन्त्रिपरिषद्ले ९ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सचिव बढुवा क्लष्टरका आधारमा गरिने केही समय अगाडि गरेको निर्णय अनुरुप सरकारले विभिन्न क्षेत्रगतका सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।
कृषि विकास मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयचन्द्र ठाकुर पनि सचिवमा बढुवा भएका छन् । लामो समयदेखि कृषि विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभाग मातहतमा रहेर कार्य गरिरहनु भएका सहसचिव ठाकुर गत बर्षमात्र पशु सेवा विभागको उप महानिर्देशकबाट मन्त्रालयमा सरुवा भई प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

प्रकाशित मिति: आइतवार, अशोज २४, २०७२