शुक्रबार, चैत्र १६, २०८०

दसैँलाई च्याङ्ग्रा आउँदैछ

काठमाडौं, २३ । विगतको वर्षमा दसैँ आउन महिना दिन बाँकी हुँदादेखि नै खसी÷बोकाको कारोबार हुन थाले पनि यस वर्ष भने भारतले गरेको अघोषित नाकाबन्दीका कारण कारोबार घटेको छ ।
खाद्य संस्थानका अनुसार विगतका वर्षमा मकवानपुर, बाँके, बर्दिया, सुर्खेत र लहानलगातय जिल्लाबाट खसी/बोका ल्याउने गरे तापनि यस वर्ष नाकाबन्दीका कारण अहिलेसम्म ल्याउन सकिएको छैन । तर संस्थानले मूल्य नियन्त्रणका लागि भए पनि अबको एक÷दुई दिनभित्रमा मुस्ताङबाट एक हजार च्याङ्गा ल्याउने भएको छ ।
प्रवक्ता खनालका अनुसार विगतका वर्षमा संस्थानका तर्फबाट करिब तीन हजार खसी÷बोका, च्याङ्गा बिक्री वितरण गरिन्थ्यो । चौपाया खरिद–बिक्री इकाई कमिटी, टुकुचा खसी बजार सञ्चालक समितिका उपाध्यक्ष बलराम कुँवरले विगतका वर्षमा करिब ८० प्रतिशत खसी÷बोका भारतबाट ल्याउने गरे तापनि यस वर्ष भने नाकाबन्दीका कारण अहिलेसम्म ल्याउन नसकिएको बताए ।

प्रकाशित मिति: शनिबार, अशोज २३, २०७२