बुधबार, बैशाख १२, २०८१

डोल्पा कृषि कार्यालयको महिला काण्ड लुकाउंदै

Sketch

डोल्पा,२३ असोज । जिल्ला कृषि विकास कार्यालय डोल्पाका निमित्त कार्यालय प्रमुख भिम बहादुर धरला, बाली संरक्षण अधिकृत रुद्रमणि पौडेल र प्राविधिक सहायक सम्पत्ति बुढाका कारण डोल्पा कृषि विकास कार्यालय चरम विवादमा पुगेको छ । विवाद अरु कारण नभएर सो कार्यालयमा कार्यरत कार्यालय सहयोगी महिलासंगको यौन काण्डलाई लिएर भएको हो । केही बर्ष अगाडि मात्र करारमा नियुक्ति भएकी सुमित्रा शाही (नाम परिवर्तन) सोही कार्यालयमा मेस समेत चलाउंदै आईरहकी थिईन् ।
कार्यालय परिसरमा नै चमेना गृहसमेत चलाउंदै आईरहकी ती महिलालाई गिद्दे नजर राख्नेमा धरला, बुढा र पौडेल तिनै जना अछुतो नभएपछि एकले अर्कोलाई आरोप प्रत्यारोप लगाउंदै आईरहेका थिए । विगतमा सम्पत्ति बुढासँग ती महिलाको नाम जोडेर चर्चा चलेको भएपनि एक महिना अगाडि मात्र ती महिलालाई रुद्रमणि पौडेल बस्ने क्वाटरमा मध्यरातमा पानी पु¥याउने निहुंमा क्वाटरमा प्रवेश गराई बाहिरबाट सम्पत्ति बुढा, निमित्त प्रमुख धरला लगायतका व्यक्तिहरुले बाहिरबाट चुकुल लगाई हल्ला खल्ला गरेपछि डोल्पा कृषि कार्यालयमा भएको मध्यरातको घटना स्क्याण्डल नै भएको थियो । त्यही काण्ड पछि पौडेलको सरुवा कीट विकास निर्देशनालयमा भएको भएपनि उनलाई रमाना रोक्न लगाइएको स्रोतले बताएको छ ।
पछि रमाना लिनका लागि ६ लाख ५० हजार महिलालाई दिने शर्तमा पौडेललाई काठमाडौं पठाइएको जिल्ला कृषि कार्यालय स्रोतले बताएको छ । सो घटनालाई लिएर ती महिलाको नामबाट कृषि विभाग र कृषि मन्त्रालयमा उजुरी परेपछि कार्वाहीका लागि कृषि विकास मन्त्रालयका सचिवले प्रसाशन महाशाखालाई सत्यतथ्य बुझि कार्यावही गर्न निर्देशन भएको भएपनि यो घटनालाई लुकाउने प्रयास गरिन लागिएको बताएको छ ।
कार्यालय सहयोगीको रासलीलाका कारण बदनाम भएको डोल्पा कृषि विकास कार्यालयको काण्डलाई साम्य पार्नका लागि धरला कै संयोजकत्वमा समिति गठन गरिएको कृषि विभागका महानिर्देशक डा.युवकध्वज जिसीले बताएका छन् । बोक्सी पनि आफै धामी पनि आफै बनाएर निजामती कर्मचारीतन्त्रको नै बदनाम हुने गरी चुलिएको काण्डलाई कृषि विभागका महानिर्देशकको निर्देशनमा निमित्त कार्यालय प्रमुख भिमबहादुर धरला, बाली संरक्षण अधिकृत रुद्रमणि पौडेल र प्राविधिक सहायक सम्पत्ति बुढा वीच रकम लिनेदिने शर्तमा दोषबाट उम्कने प्रयास गरिरहेका छन् । शाही थरकी कार्यालय सहयोगी महिलालाई जागिरबाट हटाईएको छ । प्रास बुढा, निमित्त प्रमुख धरला मिलेर रकम कुम्लाउने शर्तमा पौडेलको रमाना दिने तयारी गरिरहेको बताइएको छ । कार्यालयको बदनाम गर्ने कर्मचारीलाई कार्वाही गर्नुको सट्टा निदोष बनाउने खेल रोक्न डोल्पाका राजनीतिक संयन्त्र लागेका छन् । –विशेष सम्वाददाता

प्रकाशित मिति: शनिबार, अशोज २३, २०७२