काठमाडौं, २३ असोज । २०२३ साल भाद्र ८ गते पशु सेवा विभागको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने पशु सेवा विभागका प्रथम महानिर्देशक एव पशु चिकित्सक थिरबहादुर ंिसंहको नाममा विभागकै हाताभित्र रहेको पशुपंक्षी बजार निर्देशनालयको भवनमा रहेको सभाकक्षलाई थिरबहादुर सिंह सभाकक्षको नाममा रुपान्तरण गरिएको छ । कृषि सचिव उत्तमकुमार भट्टराईले पशु सेवा विभागको स्थापना दिवसको अवसरमा सो सभाकक्षको उद्घाटन गरेका थिए । सभाकक्ष उद्घाटनपछि सचिव भट्टराईले सभाकक्षले पशु सेवा विभागको इतिहासलाई जीवन्त राख्न मद्दत पुग्ने बताए । विगतमा राम्रा काम गर्नेहरुको मरणोपरान्त भएपनि मूल्यांकन गर्न सकिएको र यस्ता कार्यले इतिहास निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पशु सेवा विभागका महानिर्देशक डा. केशवप्रसाद प्रेमीले बताए ।
डा .थिरबहादुरको नाममा सभाकक्ष

Add Comment