शुक्रबार, चैत्र १६, २०८०

मुल्य नपाएरै सकियो जुम्ली स्याउ

apple

जुम्ला । यो वर्ष मुल्य नपाएरै जुम्लाको स्याउ सकिएको छ । यो समयमा जुम्लाको स्याउ सदरमुकाम खलंगा वजारका चोक चोक, विहान स्थल र वसपार्कमा वेच्न रािखएको पाईन्थ्यो । यो वर्ष कहि कतै पनि राखिएको पाईदैन । किसानले निकै सस्तो मुल्यमा विक्रि गरेपछि स्याउ सकिएको कृषि विकास कार्यालय वताउदछ । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख विष्णु वहादुर महतले पन्ध्र दिने कर्णाली आन्दोलन र अहिले चलिरहेको तराई आन्दोलनका कारण जुम्लाको स्याउले मुल्य नपाएको वताए ।
अहिले किसानले स्याउ वगैचामै प्रति केजीको ३० देखि ४० रुपैयामा विक्रि गरिरहेका थिए । वन्दका कारण वाटोमै हप्तौ सम्म थन्किनाले यहाँको स्याउले मुल्य नपाएको उनको भनाई छ । हप्तौ विच वाटोमा थन्किदा यहाँको स्याउको गुणस्तर पनि रहदैन र पछि विक्रि नहुने डरले किसानले सस्तो मुल्यले विक्रि गर्न वाध्य भए प्रमुख महतले सुनाए । कृषि विकास कार्यालय जुम्लावाट ढुवानी र विक्रिको सिफारीस लिएका अधिकांस किसानले फोन गरेर हैरान वनाईसकेका छन । प्रमख महतले भने यो वन्द र हड्तालले किसानलाई आजित वनाईसक्यो ।
जुम्ली स्याउ अहिले सुर्खेतमा ६० रुपैयामा विक्रि भईरहेको छ । अघिल्लो वर्ष ७० देखि ८० रुपैयामा विक्रि गर्दै आएका थिए । नेपालगंजमा प्रतिकेजी ६०। ६५ रुपैया छ । अधिकतम एक सय रुपैया सम्ममा जुम्ली किसानले स्याउ वेचेका थिए । वुटवल र पोखरमा ९० रुपैया र काठमाण्डौको वजारमा ८० रुपैया प्रतिकेजी विक्रि भईरहेको स्याउ किसानलाई उदृढ गर्दै कृषि विकास कार्यालय जुम्लाले जनायो । वुटवल, पोखरा र काठमाण्डौका वजारमा अघिल्लो वर्ष एक सय ५० रुपैया सम्म प्रतिकेजीमा वेचिन्थ्यो ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष २५ प्रतिशत स्याउ कम उत्पादन भएको हो । ५५ सय मेट्रिकटन स्याउ उत्पादन भएकोमा यो वर्ष ४१ सय टन उत्पादन भएको कृषि कार्यालय जनाउदछ । हाकु, महत, कार्तिकस्वामी, पट्मारा, डिल्लीचौर, कनकासुन्दरी र वड्की गाविसमा गत वैशाख जेठमा परेको असिना पानीले स्याउका फुल झारेपछि अपेक्षित रुपमा यो वर्ष कमै उत्पादन भएको हो । यो वर्ष स्याउ विक्रिवाट १४ करोड ३५ लाख रुपैया आम्दानी हुने जनाइएको छ । २५ प्रतिशत असिनापानीले नष्ट गरेको हो ।
१५ सय मेट्रिकटन स्याउ कृषि कार्यालयले सिफारीस गरेकोमा वाँकी सिजा, विमानस्थल, चौधविस क्षेत्रवाट निर्यात भएको हो । वाँकी रहेको कम गुणस्तरिय स्याउ जाम, जेली, साईटर,चाना वनाउने प्रयोजनका लागि प्रयोग हुदै आएको छ । डिल्लीचौर, ताम्ती र सिजा क्षेत्रको केहि स्याउ वाँकी रहेपनि दशै अघि नै ढुवानी भईसक्ने कृषि कार्यालयले जनायो । वन्दका कारण यहाँवाट गएका ढुवानीका गाडी वाटोमा अलपत्र पर्ने गरेकोले किसान आत्तिएर कम मुल्यमै जुम्ली स्याउ वेच्न थालेका हुन । तराई र पुर्वका शहरमा जुम्ली स्याउ जान सकेन । स्याउको अपुर्ति कम र उपभोक्त वढि भएकोले यहाँको स्याउ सकिएको हो । यहाँवाट ढुवानी भएको भनिएको स्याउ सुर्खेत नेपालगंजका गोदाममै थन्किएको स्याउ व्यापारी वताउछन । जुम्लामै दुई वटा डिस्टीलरी भएकोले यहाँ वचेखुचेको स्याउले नपुग्ने जनाइएको छ ।
वाँकी स्याउ यहि डिस्टीलरीमै सकिने कृषि कार्यालयको भनाई छ । यहाँको स्याउ सिजाली गु्रपको संयोजनमा जिल्ला सहकारी संघ र स्थानिय किसानले नै ढेवानी गरेर विक्रि गरेका हुन । यो पटकको स्याउ कमै उत्पादन भएपनि पोटिलो र स्वादिलो थियो कृषि प्रमुख महतले भने वन्दका कारण भने जस्तो मुल्य पाउन नसक्दा पछुताउनु परेको छ । स्याउको मुल्य निधारण गर्ने जिम्मा यसपटक स्या कृषकलाई दिइएको थियो । किसानले आफ्नो अनुकुलतामा फाटफुटमा प्रतिकेजी ३० देखि ५० रुपैया सम्म विक्रि गरिरहेका थिए ।
अर्गानिक वहुद्धशिय सहकारी संस्थाका अध्यक्ष नारायण दत्त भट्राईले स्याउले मुल्य नपाउदा किसान चिन्तित वनेको गुनासो गरे । उनले भने हामीले जिल्लाको देपालगाउँ र कार्तिकस्वामी गाविसवाट गरेर १० टन स्याउ संकलन गरेका थियौ, वन्दले चौपट वनायो । यो वर्ष अर्गानिक सहकारीले ५ टन स्याउ गोदाममै कुहिएकोले फालेको छ । वाँकी ५ टन स्याउ ३९ रुपैया प्रतिकेजीमा स्थानिय व्यापारीलाई वेचेको उनले वताए । हामीले ३५ रुपैयामा किनेका थियौ तर ३९ रुपैयामा वेच्यौ उनले सुनाए हामी निकै घाटामा छौ ।  – डिवी वुढा

प्रकाशित मिति: शुक्रबार, अशोज २२, २०७२