शुक्रबार, चैत्र १६, २०८०

खडेरीका कारणले किसान चिन्तित

krishilogoबार्दिवास, २१ असोज । खडेरीका करणले धानको बोट खेतमै सुकेपछि महोत्तरी जिल्लाका किसान चिन्तित भएका छन् । जिल्लाकै मुख्यबाली मानिएको धान खेतमै सुक्दै गएपछि किसानको चिन्ता बढेको हो । यसपाली बर्षा याममा पनि पर्याप्त पानी नपर्दा धान रोपाइँमा समस्या भएको थियो । इनार, बोरिङ्गमा दमकल (पम्पसेट) लगाएर किसानले धान रोपेका थिए ।

भङ्गाहा–३ का किसान सत्यनारायण यादवले भने, “भदौ १५ यता पानी नपरेको र लगातारको आन्दोलनले गर्दा डिजल पाउन नसकेपछि पम्पसेट पनि चलाउन नपाएर धान खेतमा सुक्यो ।” जिल्लामा यसपाली अल्प बर्षा भएकाले रोपाइँ पनि ४० हजार हेक्टरमा मात्र हुन सकेको थियो । यसपाली जिल्लामा धानबालीको उत्पादन निकै खस्कने जिल्ला कृषि बिकास कार्यालय महोत्तरीका कृषि प्रसार अधिकृत बेचनप्रसाद साहले बताए । घरमा भएको पुरानो ९गतवर्षको० अन्नपात र सञ्चित नगद धान रोपाइँमा खर्च भएको र यसपाली खडेरीले धान नफल्ने भएपछि किसानलाई बर्षभरि कसरी गुजारा चलाउने चिन्ताले पिरोलेको छ । जिल्लामा कूल खेतियोग्य जग्गाको १० प्रतिसतमात्र सिञ्चित रहेकोमा सिञ्चित भनिएका जग्गाको पनि पानीको स्रोत यसपालीको खडेरीले सुकाएपछि अन्नको कमी हुनेमा किसान चिन्तित छन् ।

प्रकाशित मिति: बिहिबार, अशोज २१, २०७२